पोखरा,

मिति २०८१।०९।०९ गते राति अन्दाजी २४:०० बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.९ पृथ्विचोक स्थितमा पार्किङ गरी राखेको ग २५ प ७१३नम्बर र ग १८ प २७३७ नं.को स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरीकार्यालय बैदाम कास्कीबाट खटिई गएको प्रहरी टोलिले खोजतलास एवं अनुसन्धान गर्दै जाँदा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.११ बस्ने बर्ष २६ को सन्तोष लामिछाने र जिल्ला कास्की मादी गा.पा.वडा नं.३ घर भई हाल पोखरा महानगरपालिका वडा नं.१५ बस्ने बर्ष २७ को किरन परियारलाई मिति २०८१।०९।१८ गते पक्राउ गरी सोधपुछ तथा अनुसन्धान गर्दा निजहरुले उक्त ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नं.को स्कुटर जिल्ला नवलपरासी पश्चिम सुस्ता गाँउपालिका वडा नं.५ बस्ने बर्ष ३० को प्रहलाद कोहारलाई बिक्री गरेको भनि खुलाएको हुँदा मिति २०८१।०९।२५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को सहयोगमा निज प्रहलाद कोहारलाई ग १८ प २७३७ नं.को स्कुटर सहित पक्राउ गरी ल्याईएको । निजहरु तिनै जनालाई सम्मानित कास्की
जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0