Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

पोखरा महानगरपालिका वडा न .५   कार्यलयको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा आ. ब .२०८१ /२०८२ का स्वीकृत कार्यक्रमहरू सम्पन्न भएको छ

पोखरा महानगरपालिका वडा न .५   कार्यलयको आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा आ. ब .२०८० /८१ का स्वीकृत कार्यक्रमहरू सम्पन्न भएको छ। आ .व. २०८० /८१ मा स्वीकृत आयोजना तथा कार्यकर्महरु अन्तर्गत  कुल आयोजना / कार्यक्रम संख्या २३ वटा , सम्पन्न भएका  आयोजना / कार्यक्रम संख्या  १८ वटा , कार्यन्वयन हुन् नसकेका आयोजना / कार्यक्रम संख्या वटा कार्यसम्पन्न भै भुक्तानी बाँकी योजना संख्या वटा रहेको वडा का सचिव लक्षमण शर्मा ले कार्यक्रम मा बताउनु भएको थियो।

आ. व. २०८० /८१ अन्तर्गत सामाजिक सुरक्षा लाभग्राही संख्या मा  जेष्ठ नागरिक अन्य  २८३ जना ,जेष्ठ नागरिक दलित २४ जना ,जेष्ठ नागरिक एकल महिला ३८ जना ,विधवा ६९ जना ,पूर्ण अपाङ्ग (वर्ग ) १९ जना अति अशक्त अपाङ्ग ( वर्ग ) जना ,दलित  बालबालिका १५ जना गरि ४५५ जना लाभग्राही रहेको बताउनु भएको थियो। आ. व. २०८० /८१ मा बार्षिक राजस्व अन्तर्गत  नगदी तर्फ मालपोत एवं सम्पति कर तर्फ गरि रु २,५३ , १८,७२४/७७ संकलन भएको बताउनु भएको थियो।

आ. व. २०८० /८१ मा वडा बाट वडा भित्रका मुख्य राजमार्ग क्षेत्र चोकहरुमा सडक बत्ति जडान गरिएको साथै वडा भित्रका सम्पुर्ण सडक बत्तीहरु मर्मत गरिएको , उत्पिडित नागरिकहरु लक्षित १२ दिने बुटिक चप्पल बनाउने तालिम १६ जना महिला दिदीबहिनीहरुलाई प्रदान गरिएको ,सार्वजानिक विद्यालयमा अध्यनरत ५० जना गरिव तथाविपन्न विधार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको ,दिने कौशी खेति सम्बन्धि तालिम कार्यक्रम गरेको ,

लैंगिक हिँसा सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिएको सचिव लक्षमण शर्मा ले कार्यक्रम मा बताउनु भएको थियो। भने आ. व. २०८१ /२०८२ का लागि स्वीकृत कार्यक्रमहरु /आयोजना पोखरा महानगरपालिका वडा न ५ ले , पूर्वाधार सडक ,भवन , अन्य निर्माण तथा कार्यक्रम ,पर्यटन तथा संस्कृति प्रवद्दन ,वहुवर्शिय क्रमाङ्गत योजनानाहरु ,विनियोजित गण्डकी प्रदेशस्तरिय योजनाहरु , संघिय सरकार मार्फतको योजना लगातएत अन्य प्रशासनिक तथा कार्यालय संचालन खर्च गर्ने योजना अघि सारेको शर्मा ले सार्वजनिक सुनुवाई कार्यक्रम मा बताउनु भएको थियो।

 

Facebook Comments