पोखरा ,मङ्सिर ७ गते
२०८२ मंसीर ९ देखि १३ गते ९ औं वार्षिक उत्सव तथा क्लब स्तरीब पुरुष-महिला भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ ।  पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस (न्यूरोड, पोखरा) को सह-आयोजना, छन्त्याल ब्रदर्श पोखराको विशेषा सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको प्रशिक्षण केन्द्रको ९ औं वार्षिक उत्सव तथा क्लब स्तरीब पुरुष-महिला भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम (9th PVTC CUP 2082: Men’s & Women’s Club Level Volleyball Championship)  छन्त्याल समाजघर, पोखरा ३ नदिपुरमा हुने भएको आयोजक ले जनाएको छ ।
९ औं  PVTC Cup  का बारेमा जानकारी दिने उद्देश्यले आयोजित
२०७३ सालमा स्थापना भएको यस प्रशिक्षण केन्द्रले युवाहरूमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान, विकास र प्रोत्साहन गर्दै राष्ट्रिय खेल भलिबलको समग्र विकासमा महत्वपूर्ण योगदान को कदर गर्दै  विगत वर्षमा आयोजित क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता भई सफलता हासिल गरेको आयोजक को ठहर छ । आठौ पिभिटिसि कपमा पुरुषतर्फ ८ टिम सहभागीमध्ये गल्कोट भलिबल टिम विजेता र एपीएफ मालेपाटन उपविजेता बनेका थिए ,महिलातर्फ १० टिम सहभागीमध्ये धादिङ स्पोर्ट्स क्लब विजेता र एफसी नदीपुर उपविजेता बनेका आजको पत्रकार सम्मेलन मा आयोजक ले जानकारी गरेको थियो ।
खेलकुदको माध्यमबाट युवाहरूलाई परस्पर सकरात्मक अनुभव र मेलमिलापको भावना आदान-प्रदान गराउन, राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पुऱ्याउन,लुकेर रहेका प्रतिभाहरूलाई दक्ष बनाई व्यवसायिक खेलाडी उत्पादन गर्न,भलिबल खेललाई चलाएमान बनाउने क्लब स्तरीब पुरुष-महिला भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमका  उद्देश्यहरू रहेको आयोजक को भनाइ रहेको थियो ।खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै, विगतका वर्षहरूमा कार्यक्रमबाट संकलित केही रकम असहाय, गरिब, तथा दुःखी पीडित नागरिकहरूको उपचारको लागि सहयोग गरि सामाजिक उत्तरदायित्व बहन गरेको आयोजक को भनाइ रहेको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुर ले, श्री सुरज गुरुङ (मृ‌गौला प्रत्यारोपण तथा उपचार) मा रु. १,००,०००/-, श्री मनकुमारी पुन (ब्लड क्यान्सर उपचार)मा  रु. ३०,०००/-,श्री माया  छन्त्याल (उपचार खर्च) रु. २५,०००/- आर्थिक सहयोग गरिसकेको समेत पत्रकार सम्मेलन मा जानकारी गरेको थियो ।
यस वर्ष पनि यस्ता सामाजिक अभियानका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक ले गरेको थियो ।प्रशिक्षण केन्द्रमा आवद्ध अनुशासित तथा प्रतिभावान खेलाडीहरु मध्येबाट गुरुकुल विद्या सदन, नयाँबजारसँग सहकार्य गर्दै वाशिंक ६ जनालाई निः शुल्क शैक्षिक अवसर र प्रशिक्षण केन्द्रमा निः शुल्क भलिबल प्रशिक्षण प्रदान गरि खेलकुद  र शिक्षालाई  अवसर  दिइरहेको आयोजक ले जानकारी गरेको थियो । क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दर्ता शुल्क रु. ६.५००।-,प्रथम रु १,५०,०००।-, शिल्ड, मेडल र प्रमाण पत्र,द्वितिय रु १,००,०००।- शिल्ड, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार सेमिफाइनलका उपविजेता २.
टिमलाई रु २५,०००/- का दरले वितरण गरिने र खेलाडी सख्या १२ जना, १ जना टीम प्रशिक्षक, १ जना व्यवस्थापक गरी १४ जना हुने भएको आयोजक को भनाइ रहेको छ ।पुरुष भलिबलतर्फ कुनै १ टीममा राष्ट्रिय खेलकुद परिष‌द्वारा आयोजित सातौं, जाठी र नवौं खेलकुद प्रतिबोनितामा सहभागिता जनाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्ये बढीमा ३ जना समावेश गर्न पाइने , क्लब स्तरीय महिला भलिबल प्रतियोगिता अन्तर्गत  दर्ता शुल्क रु. ४,५००।-,प्रथम रु. ६०,०००।- शिल्ड, मेडल र प्रमाणपत्र,द्वितिय रु. ४०,०००।- शिल्ड, मेडल र प्रमाणपत्र,खेलाडी सख्या १२ जना, १ जना टीम प्रशिक्षक, १ जना व्यवस्थापक गरी १४ जना हुनेभएको आयोजको रहेको छ ।
महिला भलिबलतर्फ कुनै १ टीममा राष्ट्रिय खेलकुद परिषद‌द्वारा आयोजित सातौं, आठौं र नवौं खेलकुद प्रतियोगितामा सहभागिता जनाए‌का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु मध्ये बढीमा २ जना समावेश गर्न पाइने आयोजक ले जनाएको छ ।यश  प्रतियोगिता नकाउट  प्रणालीमा खेलाइने भएको छ ।उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेंटर, सर्भर, प्रशिक्षक गरि खेलमा  उत्कृष्ट विधागत उपाधिहरू पनि समावेश गरिएको आयोजक को भनाइ रहेको छ । विविध सांस्कृतिक, मनोरञ्जनात्मक एवं हास्य प्रस्तुतिहरू ,भलिबल खेलको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरू, प्रायोजक तथा सहयोगी, अतिथि गणहरूलाई सम्मान कार्यक्रम , प्रतियोगितामा विजेता तथा उपविजेता समूहलाई पुरस्कार वितरण कार्यक्रम  र
  ३२ सदस्यीय मूल आयोजक समिति गठन रहेको  आयोजको भनाइ रहेको थियो ।४०,००० जना दर्शकहरूले प्रत्यक्ष उपस्थित एवम् विभिन्न सञ्चारका माध्यमबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउने,उदयमान खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा टेवा पुग्ने,खेलकुदको विकासमा टेवा पुग्ने उपलब्धि आयोजक ले जनाएको छ ।पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको गत आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लव स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ मा संकलित रकम रु १४,५१,६५५/- भएकोमा खर्च रकम रु १४,२४,१५०/- भएको हुँदा जम्मा बचत रकम रु. २७,५०५/- (अक्षरुपी सत्ताईस हजार पाँच सय पाँच रुपैयाँ मात्र) रहेको  समेत आजको पत्रकार सम्मेलन मार्फत आयोजक ले जानकारी गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0