
पोखरा ,माघ ०९ गते
डोनाल्ड ट्रम्पले सोमबार सपथ लिएको केही घण्टामै चिन र रुस बीच गाढा सम्बन्ध विस्तार भएको छ ।
डोनाल्ड ट्रम्पले सोमबार सपथ लिएको केही घण्टापछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो कल भएको थियो र द्विपक्षीय सम्बन्धलाई “ठूलो उचाइमा” पुर्याउने वाचा गरेको दुवै पक्षका सरकारी मिडिया ले जनाएको छ। सीलाई “प्रिय मित्र” भन्दै पुटिनले रुस र चीनले बाह्य दबाबको बाबजुद मित्रता, आपसी विश्वास र समर्थनको आधारमा सम्बन्ध निर्माण गरिरहेको बताए।सीले पुटिनलाई “रणनीतिक समन्वयलाई गहिरो बनाउन, आपसी समर्थनलाई सुदृढ गर्न र वैध हितको रक्षा गर्न” आह्वान गर्नुभएको सरकारी मिडिया ले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

