
पोखरा ,माघ १० गते
राष्ट्रीय बाणिज्य बैंक लिमिटेड को ६० औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ। नयाँबजार स्थित आफ्नै प्राङ्गणमा गण्डकी प्रादेशिक कार्यालय राष्ट्रीय बाणिज्य बैंकले आफ्नो ६० औं बार्षिक उत्सव कार्यक्रम मनाएको छ । बार्षिक उत्सव कार्यक्रम का प्रमुख अतिथि राष्ट्र बैंक पोखरा को श्री रन्जना शर्मा ज्यु , विशेष अतिथिमा लेखनाथ उधोग बाणिज्य संघ का अध्यक्ष श्री विनोद श्रेष्ठ ,ज्यु ,कार्यक्रमा का अध्यक्ष्यता गण्डकी प्रादेशिक कार्यालय राष्ट्रीय बाणिज्य बैंक लिमिटेड पोखरा का प्रादेशिक प्रबन्धक श्री पुष्प चन्द्र थापा ज्यु , लगाएत अन्य अतिथिज्युहरुमा गण्डकी प्रादेशिक कार्यालय नेपाल बैंक लिमिटेड का कार्यालय प्रमुख श्री सचिता पराजुली ज्यु ,कृषि विकास बैंक लिमिटेड पोखरा का प्रमुख श्री घनेन्द्र अधिकारि ज्यु ,कर्मचारी संचय कोष पोखरा का कार्यालय प्रमुख श्री मदन सुवेदी ज्यु ,नागरिक लगानी कोष का कार्यालय प्रमुख श्री नवराज गौतम ज्यु सहभागी रहुनु भएको थियो। भने कार्यक्रम संचालन गण्डकी प्रदेश कार्यालयका प्रवन्धक श्री दयाराम पन्त ज्यु ले गर्नु भएको थियो। कार्यक्रमा मा प्रमुख अतिथिति रहनु भएकि श्री रन्जना शर्मा ले राष्ट्रीय बाणिज्य बैंक लिमिटेड को सेवा सुविधाहरु भरपर्दो र विश्वसनीय रहिरहेको ,आगामी दिनहरुमा बैंक ले सेवा सुविधाहरुको दायरा बढाएर देश का विपन्न वर्गहरुमा पनि पुरयाउनु पर्ने चुनौती रहेको र यो पूर्ण सरकारी स्वामित्वको बाणिज्य बैंक भएकाले नेपाल सरकारका नीति तथा कार्यक्रमहरु लागु गर्नु पर्ने औल्याउनुहुँदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो। त्येस्तै गरेर आमन्त्रित अतिथिमहानुभावाहरुले राष्ट्रीय बाणिज्य बैंक लिमिटेड को ६० औं बार्षिक उत्सव समारोह कार्यक्रमलाइ शुभकामना मन्तव्य राख्नु भएको थियो।

