माघ ११ गते, घोराही, दाङ (स्रोत :श्रवण कुमार यादव ( सिस्न्ने अनलाइन )

देउखुरी उद्योग बाणिज्य संघ लमही आयोजनामा लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव २०८१ आयोजना गर्न लागिएको हो।

कृषि पर्यटन उद्योग तथा व्यापार देशको समृद्धिको बलियो आधार भन्ने मुल नाराका साथ लमहीको खस्किएको व्यापार कसरी उठाउन सकिन्छ र देउखुरीमा पर्यटकलाई कसरी भित्र्याउन सकिन्छ भन्ने उदेश्यले लमहीमा महोत्सव संचालन गर्न लागिएको हो देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले बताउनुभयो ।

उहाँले नेपाली कला संस्कृति संरक्षण र सम्बद्धन गर्ने उद्देश्यको साथ महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । महोत्सवमा कृषिका लागि विशेष स्टल राखिने भएको रहेका छन् भने स्थानीय व्यापारीलाई विशेष प्राथमिकता दिइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

महोसत्सवबाट संकलित रकम आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने देउखुरी उद्योग बाणिज्य संघका वरिष्ठ उद्योग उपाध्यक्ष केशवराज पोख्रेलले जानकारी दिनुभयो ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले आज हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । महोत्सवस्थलमा स्टेज, स्टल, सचिवालय कक्ष तथा प्रदर्शनीस्थल निर्माणलगायतका विभिन्न कार्यहरु सम्पन्न भइसकेका छन् । यस क्षेत्रका समग्र सम्भावना उजागर गरी आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने अध्यक्ष ठकुरीको भनाइ छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषि प्रविधिलाई व्यवसायमा जोड्नका लागि विशेष जोड दिइने छ।

यस्तै, यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी तिनसय वटा स्टल रहेका छन्।

पत्रकार सम्मेलनमार्फत कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको संघका अध्यक्ष ठकूरीले बताउनुभयो ।

कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धधन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, संघका अध्यक्ष ठकूरीले भन्नुभयो,–। ‘स्थानीय कलाकारीता क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने महोत्सवबाट महत्त्वपूर्ण टेवा पुग्नेछ ।’

महोत्सवलाई व्यवस्थित तरिकाबाट संचालनका लागि विभिन्न उप–समिति बनाइएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । त्यसैगरी जेष्ठ नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ । महोत्सवमा आफ्नो संस्थाको पोसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचि पुस्कार प्रदान गरिने छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकूरीको वाणिज्य संघले यसभन्दा अगाडि छवटा मेला महोत्सव संचालन गरिसकेको छ । महोत्समा ३ सय वटा स्टलहरु राखिने छन् भने २ सय ५० वटा स्थानिय व्यापारी, ५० वटा कृषि क्षेत्रलाई कायम गरिएको छ।

महोत्सवमा पार्किङ्कको निशुःल्क व्यवस्थापन गर्ने जनाइएको छ भने नेपाल औषधी व्यवसायी संघ दाङसंग समन्वय गरि महोत्सव अवधिभर निशुल्क प्राथमिक उपचार केन्द्रको लागि स्टल राखिनेछ भने लमही नगरपालिकासंग समन्वय गरि महोत्सवमा बारुण यन्त्र समेत राखिने भएको आयोजकले जनाएको छ।

लमहीमा सञ्चालन हुने महोत्सवको उद्घाटन समारोह लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड न्यौपानेले उद्घाटन गर्नु भएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनुभयो।

माघ १० गतेदेखि २७ गतेसम्म सातौँ देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ महोत्सवको आयोजना संचालन हुन लागेको हो । महोत्सवमा सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराले निगरानी तथा निरीक्षण गरिनेछ । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0