
पोखरा ,माघ १३ गते
सहारा क्लब पोखराद्धारा आयोजित २४ औं संस्करण को आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको पत्रकार सम्मेलन आज सम्पन्न भएको छ। खेलकुद को विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरी” भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २४ औं संस्करण २०८१ साल माघ २२ गते देखि फागुन ३ गते (तद्अनुसार February 4th to February 15th, 2025) सम्म हुने भएको छ। यस प्रतियोगितामा बिदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्देश्यका साथ वि. सं. २०५५ सालमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पोखराको पर्यायको रुपमा लिने गरिन्छ। यस प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा मोफसलको प्रतिष्ठित व्यापारीक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले गर्ने भएको छ।
प्रतियोगितामा, संरक्षक को रुपमा पोखरा महानगरपालिका,सह -प्राोजक: जयश्री फुड्स प्रा.लि. को उत्पादन भान्छाघर लंगग्रेन प्रिमियम बासमती राइस, उप प्रायोजक: पो.म.न.पा. वडा.न. ९ को कार्यालय र सह-उप प्रायोजक : चरक मेमोरियल हस्पिटल नागढुंगा, रहने भयको छ।
विशेस सहयोगीहरुमा मादी गाउपालिका, रास्ट्रिय खेलकुद परिषद प्रदेश खेलकुद परिषद गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फंटवल संघ कास्की, सहारा यु.के., सहारा क्लब हङकङ, सहारा क्लब अस्ट्रेलिया, सहारा क्लब पोखराका सल्लाहकार सुनिल कुमामाको भोज बहादुर गुरुङ यु.के., दृस्टी आँखा हस्पिटल पोखरा- ९ नयाँबजार 8848 entertainment event management co. Australia, पो.म.न.पा. वडा न.१२, सहारा क्लब हंगकंगका सल्लाहकार एव कानुन व्यवसायी देव गुरुङ हिमाअस एजुकेशन कन्सल्टेन्सी एजुकेशन पार्टनर,अफिसियल बैंक लुम्बिनी विकास बैंक, अफिसियल एयरलाइन्स बुद्ध एयर,अफिसियल ड्रिन्किंग वाटर : GLAZE MENARAL वायेर, उत्कृस्ट पाँच विधाको पुरस्कार प्रायोजन सूर्य बहादुर के.सी. को स्मृतिमा प्रायोजन हुने भएको छ।
कुल अनुमानित आम्दानी १ करोड ५१ लाख रुपैया कुल अनुमानित खर्च १ करोड ४२ लाख २० हजार रुपैयाँ संचालन बचत : रु. ८ लाख ८० हजार हुने पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो।
२४ वर्ष देखि निरन्तर सञ्चालनमा भएको यस प्रतियोगितामा वचत हुन झाएको रकम क्लबबाट संचालित कठिन परिस्थिति एवं विपन्न वर्गका वालकहरु सम्मेलित सूर्य बहादुर के. सी. स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजक ले जनाएको छ। विगत २०६१ साल देखिआवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा-१७, दोविल्लामा प्रदान गर्दै आईरहेको आयोजक ले जनाएको छ।
छ ।। हाल चौंथो व्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्पूर्ण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा पनि राखेका छन् । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्ट्स हब सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तर्रास्ट्रिय रुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य रहनुका साथै नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तर्निहित खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नु पनि रहेको आयोजक ले जनाएको छ। अहिले सम्म का टिम इन्ट्री भएका क्लबहरुको नामावली: १. त्रिबुवन आर्मी फुटबल क्लब, २ मछिन्द्र फुटबल क्लब, ३ API Power चर्च ब्वाइज युनाइटेड क्लब,४ . नेपाल पुलिस क्लब,५ ब्रिगेड ब्वाइज क्लब यु.के.,६ सहारा क्लब पोखरा,७ . श्री स्टार फुटबल क्लब,८ एनआरटि फुटबल क्लब, ९ . संकटा फुटबल क्लब, १० . एपीएफ फुटबल क्लब र ११ Thunder north united club सिक्किम यी अहिले सम्म का टिम इन्ट्री भएका क्लबहरु रहेको आयोजक ले जनाएको छ।

