
पोखरा ,माघ १४ गते
पोखरा मा आज देखि “घर घरमा नेपाल प्रहरी अभियान” को शुभारम्भ भयो।वडा प्रहरी कार्यालय बैदाम, कास्की द्वारा सञ्चालित “घर घरमा नेपाल प्रहरी अभियान” कार्यक्रम पोखरा महानगरपालिका वडा न. ६ बाराहीघाट, लेकसाइड पोखरा सम्पन्न भएको छ।कार्यक्रम मा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय, कास्की का प्रहरी उपरीक्षक श्याम बाबु ओलिया रहनु भएको थियो भने अन्य उपस्थितीहरुमा पो .उ .बा .का अध्यक्ष श्री गोकर्ण कार्की , पोखरा महानगरपालिका वडा न ६ का अध्यक्ष श्री बिष्णु बहादुर भट्टराई ,प्रहरी कार्यालय बैदाम, कास्की का प्रहरि निरीक्षक श्री सन्तोष निरौला लगाएत अन्य प्रहरी गणहरु , पोखरा महानगरपालिका अन्तर्गत का वडा अध्यक्ष प्रतिनिधि ज्यु हरु,रेबान का अध्यक्ष बसन्त गौतम ,होटल प्रतिनिधि समाज का अध्यक्ष माधव लम्साल ,पोख्रेलि ट्याक्सी व्यबसायी संघ कास्की का अध्यक्ष श्री सोभाकांत पोख्रेल , होटल संघ नेपाल का अध्यक्ष श्री लक्ष्मण सुवेदी ,पोखरा पर्यटन परिषद का अध्यक्ष श्री तारानाथ पाहारी उपस्थिति हुनु भएको थियो।प्रहरी कार्यालय बैदाम, कास्की का प्रहरी निरीक्षक श्री शन्तोष निरौला ले घर घरमा नेपाल प्रहरी अभियान अन्तर्गत ११ वटा वडा मा स्टिकर पुर्याउने लक्ष्य राखिएको छ भनेअहिले ४९ हजार ९ सय पैंतालिश घरहरु मा स्टिकर वितरण गरिने , यो अभियान कार्यक्रम ले नागरिक र प्रहरी बिचको को समधुर सम्बन्ध हुने छ , घर घर मा स्टिकर राखिनु का साथै स्टिकर मा QR स्क्यान पनि राखिएको छ। QR स्क्यान ले पोखरा मा आउने आन्तरिक तथा बाह्यय पर्यटकहरुलाई विभिन्न समस्याको बिषयमा डाइरेक्ट प्रहरी सामुक्ष प्रश्न उत्तर लिन सकिने हुन्छ। यो घर घर मा नेपाल प्रहरी अभियान ले अपराध नियन्त्रण ,शान्ति सुरक्षा कायम गरि आम नागरिकलाई थप सेवा दिने छ भनि कार्यक्रम मा बताउनु भयो। कार्यक्रम मा उपस्थिति जनाउनु भएका रोशन देवकोटाले यो अभियान ले प्रहरी र नागरिक विचको समधुर सम्बन्ध बनाइ नागरिकलाई सुरक्षा पनि मिल्ने छ। आफ्नो संस्थाको तर्फ बाट दश हजार स्टिकर सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो। होटल प्रतिनिधि समाज का अध्यक्ष श्री माधब लम्साल ले समय सापक्ष्य विभिन्न गतिविधिहरुको रेखदेख गर्न प्रहरीहरु संग सहकार्य गरि आँफुहरुले कार्य गरिरहेको ,फेवाताल वरपर को सरसफाई मा सहयोग गर्दै आएको लेकसाइड वरपर फलफुल का विरुवाहरु , फूलहरु रोप्दै आइरहेको र नागरिक को सुरक्षा को लागि होटल प्रतिनिधि समाज ले २० हजार स्टिकर प्रदान गर्ने छु भनि कार्यक्रम मा बताउनु भएको थियो। रेवान का अध्यक्ष श्री बसन्त गौतम ले कुनै पनि समाज सुरक्षित सम्भव रहनाका लागि प्रहरी र नागरिक विचको सम्बन्ध राम्रो हुनु जरुरि छ , रेबान को तर्फ बाट १० हजार स्टिकर सहायोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। पोख्रेलि ट्याक्सी व्यबसायी संघ कास्की का अध्यक्ष श्री सोभाकांत पोख्रेल ले पोखरा मा करिब दुइ हजार ट्याक्सीहरु गुड्ने गर्छन , जति पनि लागु औषध दुरुपयोग अपराध हुन्छ ,ट्याक्सी मार्फत नै हुने गरेको छ। त्येसैले पर्यटकीय राजधानी पोखरा मा घर घरमा नेपाल प्रहरी अभियान” जुन कदम अघि बढ्न लागेको छ , यो कार्य आम नागरिकहरुको लागि अत्यन्तै महत्वपूर्ण हुनेछ भन्दै उहाँले पोख्रेलि ट्याक्सी व्यबसायी संघ कास्की को तर्फ बाट पाँच हजार स्टिकर दिने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो। सामुदायिक प्रहरी केन्द्र कास्की का अध्यक्ष ले यो अभियान स्टिकरमा मात्र सिमित नहोस व्यबहार मा पनि देखियोस भन्नु भयको थियो। होटल संघ नेपाल का अध्यक्ष श्री लक्ष्मण सुवेदीले होटल प्रतिनिधिलाइ धन्यवाद दिंदै जति पहिले व्याबसयिहरुलाई तर्साउने प्रहरी बाट हुन्थ्यो त्यो कार्य अहिले भयको छैन ,अहिले हामीले कुशल प्रहरी पाएका छौं ,होटल संघ नेपाल को तर्फ बाट दश हजार स्टिकर दिने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। पो. उ. बा. का अध्यक्ष श्री गोकर्ण कार्की ले यो अभियान ले शान्ति सुरक्षालाई अझै बलियो बनाउने छ ,शान्ति सुरक्षा को लागि हाम्रो तर्फ बाट सधै साथ र सहयोग रहनेकुरा व्यक्त गर्नु भएको थियो। पर्यटन परिषद कास्की का अध्यक्ष श्री तारानाथ पहारीले यो अभियान ले शान्ति सुरक्षा र अमनचयन लाइ सुरक्षा गर्ने छ ,यो अभियान ले पुर्णरुपमा सार्थकता पाओस भन्नु भएको थियो। कार्यक्रम को प्रमुख अतिथि रहनु भएका जिल्ला प्रहरी कार्यालय, कास्की का प्रहरी उपरीक्षक श्याम बाबु ओलिया ले ,कास्की प्रहरीले थालेको यो नयाँ अभियान हो। टोल टोल मा प्रहरीले गस्ती गरिरहँदा अझै एकपाइला , एक कदम अघि भएर शान्ति सुरक्षालाई संदेश दिनको लागि यो स्टिकर हस्तान्तरण कार्यक्रम गरेका हौँ ,नागरिक र प्रहरी को दुरीलाई थप सहयोग मद्दत गर्न ,नागरिक र प्रहरीको सम्बन्धलाई अभिविर्दी गर्न , नागरिक र प्रहरीबिचको सहकार्य लाइ अघि बढाउन हामीले घर घर मा प्रहरी अभियान चलाउन लागेका हौं , यो अभियान घर -घर टोल टोल मा मात्र नभई वैदाम प्रहरी बाट शुरुवात गरि कास्की जिल्ला भर गर्ने लक्ष्य राखेको प्रहरी उपरीक्षक श्याम बाबु ओलिया ले कार्यक्रम मा बताउनु भएको थियो। कास्की जिल्लामा शान्ति सुरक्षा भैरहेको छ , एक रुपैयाँ पनि प्रहरीले कोहि कसै मार्फत लिएको रेकर्ड नभएको प्रहरी कार्यालयमा राय सुझाव सल्लाहा लाइ यस अभियान ले सजिलै पुर्याउने छ ,अहिले को समय मा चेक दिने तर ब्यालेन्स नभएको चेक पर्ने जस्ता मुद्दाहरु बढिरहेको छ भनि कार्यक्रम मा बताउनु भएको थियो। पोखरा महानगरपालिका वडा न ६ का वडा अध्यक्ष श्री विष्णु बहादुर भट्टराई ले कार्यक्रम लाइ समापन गर्दै वैदाम प्रहरीले यो अभियान शुरु गरेको मा धेरै धेरै धन्यवाद दिंदै ,यस अभियान ले पक्कै पनि आम नागरिको सुरक्षा बढ्ने छ। मान्य ज्यु हरुले निजि जीवन को लागि मात्र बढी बजेट छुट्याउने यस्तो कार्यहरु को कदम चाल्ने प्रहरी प्रशासनलाई थप बजेट दिएर आम नागरिकलाई शान्ति र सुरक्षा मा सहयोग गर्नु पर्ने मा जोड दिनु भएको थियो।

