पोखरा ,बैसाख ३१ गते

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा को आ. व. २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समिक्षा सम्पन्न भएको छ ।

कार्यक्रम मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कि व.खा.अ.अ प्रतिमा श्रेष्ठ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखरा का खाद्य अनुसन्धान अधिकृत श्री कुमार भण्डारी ज्यु को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा ले वि.स २०७९ श्रावण १९ गते देखि कार्यालयबाट प्रयोगशाला विश्लेषण सेवा सञ्चालन गरी गण्डकी प्रदेश भित्र  प्रयोगशाला सेवा सुभाराम्भ गरेको थियो । यस कार्यलय को काम लाई थप तिव्रता दिन खाध्य डिभिजन दमौली र खाध्य डिभिजन बाग्लुङ बाट पनि खाध्य स्वच्छता को विषय मा अनुगमन ,गर्ने कार्यलाई तिव्रता दिइरहेको पाइन्छ ।

नेपालमा खाद्य स्वच्छता प्रभावकारी बनाउन सरकार, व्यवसायी  उपभोक्ता  र पत्रकारहरुको पनि अहम भूमिका आवश्यक हुन्छ। विशेषगरी शहरीकरण, खुला बजार, सडक खाना (street food) र कृषि–आधारित अर्थतन्त्र भएका कारण खाद्य सुरक्षामा थप ध्यान दिन को लागि प्रदेश सरकार र स्थानीय सरकार अझै थप शसक्त हुनु आवस्यक छ । स्वच्छ खानेकुरा खान पाउनु सबैको अधिकार हो । खाध्य स्वच्छ्ता को  बारे स्थानीय सरकारको   पहल कदमी बाट मात्रै ठुलो संख्या मा  खाध्य स्वच्छ्ता को बारे आम नागरिक तह सम्म जनचेतनामूलक कार्यक्रमहरु फैलाउन सकिन्छ । जे जति जहाँ कार्यक्रम हुन्छ त्यो नै स्थानिय क्षेत्रमा मा नै भैरहेको हुन्छ ।

विभाग ले मात्रै खाध्य स्वच्छ्ता बारे प्रचार प्रसार गरेर पुग्दैन। जनताको लेभल सम्मै चेतना फैलाउन प्रदेश र स्थानीय पालिकाहरु   मै केन्द्रित हुनुपर्ने हुन्छ । सरकारले  खाध्य स्वच्छ्ता कायम गर्न कडा  अनुगमन र कार्यान्वयन गर्न स्थानीय तहलाई नै जिम्मा दिएकै छ तर स्थानीयतह बाट खाध्य स्वच्छ्ताको विषय  लाई राम्रो सङ्ग ध्यान नदिएको अवस्था छ । एउटा हातले ताली बजाउन सकिदैन भने झैँ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले मात्रै खाध्य स्वच्छ्ता को विषय लाई सशक्तिकरण रुपमा लैजान सक्दैन ।

प्रत्येक स्थानीय तह ले   उद्योगी , व्यबसायी ,होटेल , रेस्टुरेन्ट , विधालय क्यान्टिन , क्याटरिङ ,  र आम उपभोक्ता लाई समय समयमा वडा मार्फत खाध्य स्वच्छता बारे तालिम दिनुपर्ने आजको अवस्यकता देखिएको छ । तर यस्ता तालिम , अनुगमन स्थानीय तह मा खासै देखीएको छैन । कम्तीमा पनि  प्रत्येक स्थानीय तह मा १ , १ वटा खाध्य निरीक्षक आवश्यक देखीएको छ । उक्त खाध्य निरीक्षक  लाई आवस्यक परामर्श , तालिम   दिलाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय/ विभाग  तत्पर हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कि व.खा.अ.अ प्रतिमा श्रेष्ठ ले कार्यक्रम मा बताउनु भएको थियो । आज विश्व मै नसर्ने रोग बारे चिन्ता बढदै गएको छ , यस्ता रोगहरु  अशुद्द खानपिन को कारण बाट पनि निम्त्याउने भएको ले Food safety मा धेरै ध्यान दिनु जरुरी छ ।

जसरी घर मा गार्जेन को मह्त्वपुर्ण योगदान हुन्छ त्यसरी नै आम नागरिक को जीवन लाइ प्रत्यक्ष रूपमा स्वस्थकर रहन दिन स्थानीय सरकार को भुमिका ठुलो हुनेछ । स्थानीय सरकार लाई नै खाध स्वच्छता को अधिकार दिनु भनेको समग्र नागरिक को जीवन रक्षा होस भन्नू नै हो ।  म्याद गुज्रिएका, मिसावटयुक्त र लेबल नभएका खाद्य पदार्थमा कडा कारबाही ,होटल, रेष्टुरेन्ट र डेरी उद्योगको नियमित निरीक्षण गराउन स्थानीय तह मा खाद्य निरीक्षक को व्यवस्था गरि निरीक्षक लाई  सक्रिय बनाउनुपर्ने हुन्छ । स्थानीय तहले उपभोक्ता सचेतना का लागि म्याद हेर्ने बानी” अभियान चलाउने,सामाजिक सञ्जाल, रेडियो , विभिन्न पोस्ट पम्प्लेट मार्फत  र विद्यालय तह बाट  खाद्य स्वच्छता शिक्षा अभियान तिव्र बनाउने,घरमै सुरक्षित खाना बनाउने र भण्डारण गर्ने अभ्यास सम्बन्धि चेतनामुलक तालिम स्थानीय तह बाट लागू गरे मात्रै खाध स्वच्छता कायम गर्न सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कि व.खा.अ.अ प्रतिमा श्रेष्ठ ले कार्यक्रम मा बताउनु भएको थियो ।

स्थानीय तह ले समुदायस्तरमा “safe food campaign” सञ्चालन गरि  खराब खाध्य सामग्रीहरु बाट  नागरिकहरुलाइ जोगाउन प्रभावकारी भुमिका खेल्नुपर्ने देखिएको छ । तसर्थ  स्थानीय सरकार , प्रदेश सरकार पनि एकजुट भै विभाग लाई सहयोग गरि खाध स्वच्छता लाई तिव्र बनाउनु पर्ने  अवस्था देखीएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले  कार्यक्रम  प्रस्तुतिमा  खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारि तथा नवीकरण अन्तर्गत तेस्रो त्रैमासिक अवधि मा पोखरा बाट जम्मा  ४७ वटा गरेको , खाद्य तथा दाना उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन निरीक्षण अन्तर्गत तेस्रो त्रैमासिक अवधि मा पोखरा बाट जम्मा  ३१ पटक  गरेको , खाघ तथा दाना नमूना संकलन गर्दा तेस्रो त्रैमासिक अवधि मा पोखरा बाट जम्मा  ३  वटा प्रतिकुल  देखीएको , खाद्य तथा दाना नमूना विश्लेषण हाल सम्म   पोखरा बाट गर्दा ५७४ परिक्षण मा  प्रतिकुल २६  वटा देखापरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले कार्यक्रम मा बताउनु भएको थियो ।आ.व. २०८२/८३ मा खा.प्र.गु.नि.का., पोखरा बाट जफत नस्ट रु ३५,५२६/-, डिभिजन कार्यालय तनहुँ बाट जफत नस्ट रु १३६,४७०/- र डिभिजन कार्यालय बागलुङ बाट जफत नस्ट रु ११,५००/- भएको छ। आ.व. २०८२/८३ अन्तर्गत तेस्रो त्रैमासिक अवधिको खर्च बिवरण मा खा.प्र.गु.नि.का., पोखरा को तेस्रो त्रैमासिक अवधिको भारित प्रगति  ८३.४०%,डिभिजन कार्यालय तनहुँ को तेस्रो त्रैमासिक अवधिको भारित प्रगति ८४.७३%डिभिजन कार्यालय बागलुङ को तेस्रो त्रैमासिक अवधिको भारित प्रगति ८८% रहेको छ। तेस्रो त्रैमासिक राजश्व संकलन रु ६९६.५१७६ र  हालसम्मको अवधिको राजश्व संकलन रु १७,२६,५७६ रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा को समस्या  तथा चुनौती भनेको कार्यालयको आफ्नै भवन नभएको र चार पाङ्ग्रे सवारी साधन नभएको  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले कार्यक्रम मा बताउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0