पोखरा ,जेठ ५ गते
पोखरा महानगरपालिका वडा नं.१२ अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभाग पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा रहेका व्यवसायीक सटरहरू हटाइएको छ । टिनका टहरा बनाई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा अमरसिंह माध्यमिक विद्यालयसँग समन्वय गरी ती टहराहरू हटाएका हुन् ।
जेठ ४ गतेसम्मको समयावधिमा आफ्ना सामानहरू सुरक्षित स्थानान्तरण गरी खाली भएका संरचनाहरू मङ्गलवार महानगरपालिकाले जेसिवी प्रयोग गरी हटाएको छ । त्यस स्थानमा सञ्चालनमा रहेका ५१ वटा व्यवसायीक सटरहरू व्यवसायीहरू आफैले महानगरपालिका र विद्यालयको अनुरोधमा छोड्न तयार भएका हुन् ।
शहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराहरूका कारण अस्वाभाविक देखिएको थियो । ती टहराहरू हटाएर व्यवसायीहरूले महानगरपालिकाको शहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरूलाई नगर प्रमुख धनराज आचार्यले आभार समेत व्यक्त गर्नुभएको छ । लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरूलाई पुनर्स्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने उहाँले बताउनुभयो ।स्रोत:पाेखरा महानगरपालिका कार्यालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0