विश्व दूध दिवस मनाइयो :नेपाल डेरी एसोसिएसन २८ औं बर्ष मा प्रवेश
नेपाल डेरी एसोसिएसन को  पत्रकार सम्मेलन सम्पन्न भएको छ।
नेपाल डेरी एसोसिएसन देशभरका साना, मझौला, ठूला तथा घरेलु डेरी उद्योगहरूको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय छाता संगठन हो। यस संस्थामा सातै प्रदेशका २५ जिल्लामा फैलिएका करिव ३०० भन्दा बढी डेरी उद्योगहरू आवद्ध रहेका छन्।
वि.सं. २०५५ सालमा स्थापना भएको यस संस्थाको मुख्य उद्देश्य डेरी उद्योगीहरूको हकहित संरक्षण गर्नु. दुग्ध क्षेत्रसँग सम्बन्धित नीतिगत विषयहरूमा सरोकारवाला निकायहरूसँग समन्वय, संवाद, वहस तथा पैरवी गर्नु हो। हाल २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको यस संस्थाले दुग्ध क्षेत्रको दिगो विकास, किसान-उद्योग समन्वय र उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने दिशामा निरन्तर योगदान दिँदै आएको विज्ञपति  मार्फत सम्मेलन मा जानकारी गराएको  छ।
* नेपालमा दुग्ध क्षेत्रको योगदान :
नेपालको दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ हो, जसले उत्पादन, रोजगारी, ग्रामीण आय वृद्धि र खाद्य सुरक्षामा उल्लेखनीय भूमिका खेलेको छ। देशभर दैनिक करिव ७६ लाख लिटर दूध उत्पादन हुने गर्दछ, जस मध्ये करिव ३१ लाख लिटर दूध बजारमा प्रवेश गर्छ। वजारमा आएको दूधमध्ये करिव १७% औपचारिक (लेवलिङ तथा प्याकेजिङ सहित) रूपमा बिक्री हुन्छ भने वौकी ३३% अनौपचारिक रूपमा खुल्ला बजारमा विक्री हुने गर्दछ। ५० % दूध अहिलेसम्म पनि बजारमा आउन सकेको छैन । यसलाई बजारमा ल्याउनुपर्ने अबको चुनौती रहेको विज्ञपति  मार्फत सम्मेलन मा जानकारी गराएको  छ।   हो। निजी डेरी क्षेत्रबाट करिव ५०,००० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अनौपचारिक क्षेत्रमा पनि करिव त्यति नै रोजगारी सिर्जना भएको छ। देशभर ६ लाख कृषक परिवारहरू यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित छन्। निजी डेरी क्षेत्रमा करिव ५० अर्व रुपैयाँ लगानी रहेको छ र देशभर करिव ६,००० डेरी उद्योग सञ्चालनमा रहेको सम्मेलन मा बताइएको हो ।
दैनिक करिव ३१ लाख लिटर दूधको आधारमा झण्डै २० करोड १५ लाख रुपैयाँ बराबरको कारोबार हुने गर्दछ, जस मध्ये ६ करोड रुपैयाँभन्दा बढी रकम शहर बाट  गाउँतर्फ दैनिक प्रवाह हुने गरेको छ। नेपालमा व्यवसायीक रुपले डेरी क्षेत्रको सुरुवात वि.सं. २००९ सालमा काभ्रेपलाचोकको नालाबाट भएको मानिन्छ । यस क्षेत्रले ग्रामीण स्वरोजगार सिर्जना, कृषक आय वृद्धि, गरिवी न्यूनीकरण, पोषण सुरक्षा, स्वास्थ्य सुधार तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विज्ञपति  मार्फत सम्मेलन मा जानकारी गराएको  छ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (FAO) ले सन् २००१ मा विश्व दुग्ध दिवसको स्थापना गरी दुग्धलाई एक वैश्विक खाद्यका रूपमा मान्यता दिएको हो। प्रत्येक वर्ष जुन १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ, किनकि यस समयमा विश्वका धेरै देशहरू पहिल्यैदेखि आ.आफ्नै दुग्ध दिवस मनाउँदै आएका थिए भने यस पटक सन् २०२६ मा यो दिवस २६औं पटक विश्वभर मनाइँदैछ। हाल विश्वका १०० भन्दा बढी देशहरूले जनचेतना अभियान, विद्यालय कार्यक्रम, स्वास्थ्य अभियान तथा डेरी उद्योग सम्बन्धी गतिविधिहरूमार्फत यो दिवस मनाउँदै आएका छन्।
यस दिवसले स्वस्थ आहार, जिम्मेवार खाद्य उत्पादन र समुदायको जीविकोपार्जनमा दुग्धको भूमिकाप्रति ध्यानाकर्षण गर्ने अवसर प्रदान गर्दछ। खाद्य तथा कृषि संगठनको तथ्यांक अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसहरूको जीविका दुग्ध क्षेत्रमा आधारित छ र छ (६) अर्बभन्दा बढी मानिसहरू दुग्धजन्य पदार्थ उपभोग गर्दछन् ।
नेपालमा विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न सरकारी, निजी तथा सहकारी क्षेत्रको सहभागितामा विश्व दुग्ध दिवस मनाउँदै आइएको छ। कृषि प्रधान देश नेपालमा दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको छ। विशेषगरी साना किसान, महिला कृषक तथा पशुपालनमा आधारित परिवारहरूको आयआर्जन, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा दुग्ध क्षेत्रको भूमिका अतुलनीय छ। नेपाल जस्तो कृषि प्रधान मुलुकमा विश्व दुग्ध दिवस मनाउनु अत्यन्त आवश्यक र सान्दर्भिक छ। यसका प्रमुख कारण र फाइदाहरू निम्नानुसार छन् :
क्र.स. लक्ष्य तथा उद्देश्यहरु  मा ,
=========================
१ दुग्ध तथा दुग्धजन्य पदार्थको पोषणीय महत्वबारे जनचेतना फैलाउने ।
२ किसान तथा दुग्ध उत्पादकहरूको योगदानको सम्मान गर्ने ।
३ महिला कृषकहरूको भूमिका र सहभागितालाई प्रोत्साहन गर्ने ।
४ स्वदेशी दुग्ध उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्ने ।
५ ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन दुरध क्षेत्रको महत्व उजागर गर्ने ।
६ युवालाई पशुपालन तथा डेरी व्यवसायतर्फ आकर्षित गर्ने ।
७ स्वस्थ, स्वच्छ र गुणस्तरीय दुग्ध उत्पादन तथा उपभोग संस्कृतिको विकास गर्ने ।
८दुग्ध क्षेत्रसँग जोडिएका नीति, बजार र किसानका समस्यामाथि सार्वजनिक वहसको वातावरण निर्माण गर्ने ।
यस वर्ष विश्व दुग्ध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा “Celebrating Women Farmers” (महिला कृषकहरूको सम्मान।” रहेको छ भने राष्ट्रिय नारा “दुग्ध क्षेवको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने यस नारालाई आत्मसात गर्दै नेपाल डेरी एसोसिएसनको आयोजनामा सप्ताहव्यापी निम्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको बिज्ञपति मा उल्लेख गरिएको छ ।
१:प्रेसमिट:सञ्चारकर्मीहरूसँग अन्तरक्रिया, जेठ १२ गते पोखरा
२:कविता प्रतियोगिता-२०८३:विद्यालय तथा युवा प्रतिभाहरूको सहभागितामा, जेठ १३ गते काठमाडौ
३:जनचेतनामूलक कार्यक्रम:उपभोक्ता सचेतना अभियान, जेठ १४ गते काभ्रे
४:अन्य प्रवर्द्धनात्मक गतिविधिहरू:दुग्ध क्षेत्रको प्रचारप्रसार , जेठ १५ गते
प्रत्येक सात वटै प्रदेश तथा जिल्ला कार्यसमितिले जेठ १५ देखि १८ सम्ममा विविध जनचेतनामूलक तथा दुग्धजन्य पदार्थका प्रवर्द्धनात्मक कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिने भएको पत्रकार सम्मेलनमा जानकारी गरेको हो।
५:विश्व दुध दिवस-२०८३ वृहत्त कार्यक्रम:राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजना विविध कार्यक्रम जेठ १८ गते ललितपुर मा गरिने भएको छ।
विश्व दुग्ध दिवस २०२६ लाई सफल बनाउन नेपाल डेरी एसोसिएसन ले सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला निकाय, साहित्यकार, शिक्षक, विद्यार्थी तथा आम नागरिकहरूलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक अनुरोध गरिन्छ। सरकार निजी क्षेत्र, सहकारी संस्था तथा किसानबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउन  सबैको साथ अपेक्षित गरेको हो।
नेपाल डेरी एसोसिएसनको आयोजनामा २६औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस २०२६ को शुभ अवसर पारेर आयोजना हुन लागेको विद्यालयस्तरी “कविता प्रतियोगिता” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी नेपाल डेरी एसोसिएसन सम्मेलन मा जानकारी गराएको छ । २६औं अन्तर्राष्ट्रिय विश्व दूध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा “महिला कृषकहरूको सम्मान” लाइ आत्मसात गर्दै साहित्य, सिर्जनशीलता र कृषक सम्मानलाई एकै मञ्चमा जोड्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाल डेरी एसोसिएसन ले बताएको हो। कार्यक्रमले समाजमा महिला कृषकहरूको अमूल्य योगदानप्रति सम्मान अभिवृद्धि गर्नुका साथै युवापुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता र सकारात्मक अभिव्यक्तिलाई प्रोत्साहन प्रदान गर्नु रहेको  बताएको छ।
उक्त प्रतियोगितामा विभिन्न विद्यालयका युवा विद्यार्थीहरुका प्रतिभाहरूको उत्साहजनक सहभागिता रहने नेपाल डेरी एसोसिएसन ले अपेक्षा गरेको छ। यस कविता प्रतियोगिता कार्यक्रम यही २०८३ जेठ १३ गते बिहान १०:३० बजे काठमाडौं इङ्गलिस स्कुल, नक्साल, काठमाडौंमा आयोजना हुने भएको  विज्ञप्ती मार्फत् कार्यक्रम मा बताइएको थियो ।
कार्यक्रममा कविता वाचन, सिर्जनात्मक प्रस्तुति तथा उत्कृष्ट प्रतिभाको सम्मान गरिने कार्यक्रम समेत रहेको  बताइएको छ।
नेपाल डेरी एसोसिएसनले यस कार्यक्रममार्फत समाजमा महिला कृषकहरूको योगदानप्रति सम्मान अभिवृद्धि गर्नुका साथै युवापुस्तामा साहित्यिक चेतना, सिर्जनशीलता र सकारात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ। कार्यक्रममा सञ्चारकर्मी, साहित्यकार, शिक्षक, विद्यार्थी तथा सम्वन्धित सबै महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0