
पोखरा,जेठ १५ गते
इन्टरनेट सेवा प्रदायक कम्पनी Wifi-Nepal ले पोखरास्थित श्री अमरसिंह माध्यमिक विद्यालय का विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गर्नुका साथै पोखराको बगर क्षेत्रमा नयाँ शाखा उद्घाटन गरेको छ।
विद्यालयमा आयोजित कार्यक्रममा Wifi-Nepal का प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारको सभापतित्व रहेको थियो भने नेपाल क्रिकेट संघका पूर्व कप्तान पारस खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै कार्यक्रम मा WiFi Nepal पोखरा का प्रमुख सञ्जीव मरासिनी,WiFi Nepal का प्रशासन प्रमुख विकेश देवकोटा र डिजिटल मार्केटिङ कार्यकारी स्नेहा श्रेष्ठ को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम सञ्चालन भने Wifi-Nepal वालिङ्ग शाखा का प्रमुख श्री राम लम्सालले गरेका थिए। कार्यक्रममा विद्यालयलाई एयर पम्प – १ वटा,भलिबल – ४ वटा,बास्केट बल – ४ वटा, फुटबल – ६ वटा,स्किपिङ रोप – १० वटा, ब्याडमिन्टन र्याकेट – ४ जोर, क्रिकेट ब्याट – ४ वटा टि.टि ब्याट – २ वटा, टि.टि बल – १ दर्जन, क्रिकेट स्टम्प सेट – २ सेट, कोन – १ दर्जन, चेस वुडेन सेट – २ सेट, लुडो बोर्ड – ६ सेट , क्रिकेट बल – ६ वटा र क्यारम बोर्ड – २ सेट गरि विभिन्न खेल सामग्रीहरु पूर्व कप्तान पारस खड्का द्वारा हस्तान्तरण गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रति युवापुस्ताको बढ्दो आकर्षण सकारात्मक भएको उल्लेख गर्दै

खेलकुदमार्फत भविष्य निर्माण गर्न सकिने बताए। उनले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुद र अन्य सिर्जनात्मक क्षेत्रमा समेत रुचि राख्न आग्रह गरे। “खेलकुद केवल मनोरञ्जन नभई अनुशासन, मेहनत र राष्ट्रिय पहिचानसँग जोडिएको क्षेत्र समेत भएको उल्लेख गरे। Wifi-Nepal का ब्रान्ड एम्बासडर तथा क्रिकेट संघ नेपाल का पुर्व कप्तान पारस खड्का ले कार्यक्रम मा नेपाल को क्रिकेट लाई माया गर्नु भएको मा धेरै धेरै धन्यवाद व्यक्त गर्नु भएको थियो । क्रिकेट खेल मा लागेर आफ्नो भविस्य सुनिश्चित देख्न थाल्नु भएकाहरुलाइ आफ्नो पुर्ण साथ सहयोग रहने विस्वसत दिलाउनु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सुदीप आचार्यले विद्यालयले खेलकुद क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको बताए। उनले पारस खड्काको उपस्थितिलाई विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गरेका थिए।अन्त्यमा आचार्य ले Wifi-Nepal का सबै टिम लाई श्री अमरसिंह माध्यमिक विद्यालय को तर्फबाट हार्दिक कृतज्ञता समेत प्रकट गर्नु भएको थियो ।

विद्यालयका खेल शिक्षक दीपेन्द्र कार्कीले विद्यालयका विद्यार्थीहरूमा क्रिकेटप्रति विशेष आकर्षण रहेको र विद्यालयले विभिन्न प्रतियोगितामा सफलता हासिल गरिसकेको जानकारी दिएका थिएका थिए।।विद्यालयका प्रधानाध्यापक बलराम पोख्रेलले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उहाँले विद्यालयसँग २०७ रोपनी जग्गा रहेको उल्लेख गर्दै पर्याप्त खेल मैदान र सामग्री उपलब्ध भए विद्यार्थीहरूले राष्ट्रिय स्तरसम्म सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका थिए। उहाँले खेलकुद मानिसको शारीरिक, मानसिक र सामाजिक विकासका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ, खेलबाट समयको महत्व, नियम पालन, नेतृत्व क्षमता र जिम्मेवारी बहन गर्न सिकिन्छ र खेलकुदले राष्ट्रिय गौरव बढाउन मद्धत गर्ने भएको ले विधार्थिहरु लाई खेल प्रती रुचि राख्न पारस खड्का बाट प्रेरणा लिनु पर्ने बताउनु भएको थियो र अन्त्यमा उहाँले Wifi-Nepal टिम सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
HighLight
- Wifi-Nepal द्वारा अमरसिंह माविलाई खेलकुद सामग्री सहयोग
- पारस खड्काको उपस्थितिमा Wifi-Nepal ले पोखरा को बगर मा नयाँ शाखा विस्तार
- खेलकुद प्रवर्द्धनमा Wifi-Nepal, पारस खड्कासहित कार्यक्रम सम्पन्न
-
पोखरा प्रमुख : सञ्जीव मरासिनीप्रशासन प्रमुख : विकेश देवकोटाडिजिटल मार्केटिङ कार्यकारी : स्नेहा श्रेष्ठ

