
पोखरा ,जेठ १९ गते
प्रधानसेनापतिदेखि पूर्व युवराजसम्मले दर्शन गरे कोटिहोम महायज्ञ
भरतपुर । आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी कोटिहोम महायज्ञ भजन प्रतियोगिताका कारण अझ संगितमय बनेको छ । प्रतियोगिताको लागि ४३ वटा समूहले नाम दर्ता गराएका छन् भने यहि जेठ ३० गते फाइनल हुँदै छ ।
महायज्ञ सुरु भएको ३५ दिन हुँदै गर्दा बहालवाला प्रधानसेनापतिदेखि पूर्व युवराज पारस शाहसम्मले महायज्ञको दर्शन गरेका छन् । पूर्व युवराज शाहले मंगलबार महायज्ञको दर्शन गर्नुका साथै पूर्वराजा विरेन्द्र शाहको परिवारलाई श्रद्धाञ्जली दिए । २५ वर्षअघि विरेन्द्र शाहको परिवारको हत्या भएको थियो ।
गत वैशाख १७ गतेदेखि सुरू भएको कोटिहोम महायज्ञ आगामी असार १३ गतेसम्म चल्नेछ । राष्ट्र शान्ति र विश्व शान्तिकोे कामना गर्दै श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–सा
महायज्ञमा आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । सामुहिक पुजनका लागि नौ वर्ष मुनिका बालिका र अभिभावकको नाम टिपाउने आयोजकले आग्रह गरेको छ ।
असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।

