पोखरा ,असार १६ गते
कपिलवस्तुको तौलिहवामा २०८३ असार ९ गतेदेखि असार १५ गतेसम्म संचालित ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सम्पन्न भएको छ। तालिमबाट महाराजगन्ज नगरपालिकामा २४ जना विपद् स्वयंसेवक तयार भएका छन्।
UNFPA को आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटीको आयोजना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुगमन तथा सहजीकरणमा तालिम संचालन भएको हो।
तालिमबाट समुदायस्तरमा विपद् स्वयंसेवक तयार भई विपद् प्रतिकार्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था एवं विकास साझेदारसॅगको समन्वय, सहकार्य र साझेदारीमा विपद् स्वयंसेवक तालिम संचालन गर्दै आएको छ।स्रोत :National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0