काठमाडौँ ,श्रावण १ गते
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तन (Sex Reassignment/Gender Affirming) शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकता लगायतका विषयमा छलफल भएको हो।
भेटमा मायाको पहिचान नेपालका संस्थापक सुनिल बाबु पन्तसहित समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका स्वास्थ्य आवश्यकता सम्बोधनका लागि आवश्यक नीतिगत तथा प्राविधिक पक्षमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो।
उहाँले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी समुदायका स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।स्रोत:Neesha Mehta Secretariat – निशा मेहता सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0