
पोखरा ,श्रावण ६ गते
वाशिङ्टन डीसी: संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासले मिस नेपाल नर्थ अमेरिका २०२६ का प्रतियोगीहरूसँग भेटघाट गर्दै उनीहरूलाई अमेरिकाभर नेपालको पहिचान, संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।
दूतावासले प्रतियोगीहरूलाई नेपालसँगको सम्बन्धलाई सधैं जीवन्त राख्दै देशको विकास र समृद्धिमा आफ्नो ज्ञान, अनुभव तथा क्षमतामार्फत योगदान दिन प्रेरित गरेको जनाएको छ।
यस अवसरमा दूतावासले प्रतियोगीहरूलाई नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा गर्वका साथ प्रस्तुत गर्न शुभकामना व्यक्त गर्दै उनीहरूको सफलताको कामना गरेको छ।स्रोत:Makai House TV & News
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

