काठमाडौं,भदौ ४ गते
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले प्रशासनिक ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न अनुगमन र कारबाहीलाई व्यापक बनाएको छ ।
केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म दर्ता भएका १ हजार २९८ उजुरीमध्ये १ हजार ११४ (८५.८२ प्रतिशत) उजुरी फर्छ्र्यौट भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले धेरै हो।
गत चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै तीन गुणाले बढाएर ९२४ पुर्याइएको छ। यस अवधिमा आचारसंहिता उल्लंघन गर्ने १० हजार २६८, तोकिएको पोसाक नलगाउने ६४५ र कार्यकक्षमा अनुपस्थित ९१ गरी ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ३१८ कार्यालय अनुगमन गर्दा दुई हजार ७७५ कर्मचारी कारबाहीमा परेका थिए।
सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्ति रहेको सूचना थाहा भएमा केन्द्रको हटलाइन नं ०१४२००३४५ मा फोन गरेर टिपाउन सकिन्छस्रोत:Pmo nepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0