
पोखरा,भदौ १४ गते
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
आज पत्रकार सम्मेलन मा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले परिपक्व नेतृत्व, जिम्मेवार संघ, सुरक्षित व्यवसायी’ नारासहित बुद्धाचार्यले संघलाई व्यवसायीको साझा आवाज, भरोसायोग्य संस्था तथा प्रभावकारी नीतिगत पैरवीको केन्द्रका रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।उनले कर, बैंकिङ, प्रशासनिक प्रक्रिया, बजार प्रतिस्पर्धा, दक्ष जनशक्ति तथा बजार पहुँचलगायत व्यवसायीका चुनौती समाधान मा संघले थप सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।परिपक्व नेतृत्व, जिम्मेवार संघ, सुरक्षित व्यवसायी’ नारासहित उनले संघलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने १७ प्रतिबद्धता अघि सारेका छन्।
अनुभवी, सक्षम र समन्वयकारी नेतृत्व, पारदर्शी सुशासनयुक्त र व्यवसायीमैत्री संघ, नीतिगत पैरवी र सरकारसँग प्रभावकारी सहकार्य,व्यवसायी सहायता केन्द्र र विशेषज्ञ सहायता टिम,युवा, महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्धन, प्रविधि तथा एआईमेत्री स्मार्ट व्यवसाय,‘कृषि, एवं स्थानीय उत्पादनको प्रवर्धन र ‘लोकल टु ग्लोबल’ अभियान,व्यवसायीको सीप तथा क्षमता विकास, पर्यटन, लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार,पोखरालाई अन्तर्राष्ट्रिय व्यावसायिक केन्द्रका रूपमा विकास, ‘मेला, महोत्सव तथा व्यापार प्रवर्धन, मिड-इयर सेल कार्यक्रम (Midyear Sale Program),व्यवसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र, आधुनिक व्यावसायिक अवसर र बजार विस्तार,खेल पर्यटन तथा लगानी प्रवर्द्धन,ग्रेटर पोखराको अवधारणा र साझेदारी,Buy Pokhara’ अभियान हो।
लामो व्यावसायिक अनुभवसँगै संघको कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका रूपमा काम गरेको अनुभवलाई आगामी नेतृत्वको आधार बनाउँदै उँहाले बदलिँदो व्यवसायिक वातावरणअनुसार संघको भूमिका पनि परिवर्तन हुनुपर्ने बताएका छन्। उनको दृष्टिकोणमा संघ अब व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने संस्थामा मात्र सीमित नभई समस्या समाधानमा सहजीकरण गर्ने, नयाँ अवसर पहिचान गर्ने, व्यवसायीलाई प्रविधि तथा बजारसँग जोड्ने र नीतिगत तहमा प्रभावकारी पैरवी गर्ने संस्था बन्नुपर्ने उहाँको जोड रहेको छ।उनको मूल संकल्प भनेको “व्यवसायीको सम्मान, संस्थाको सुदृढीकरण र पोखराको समृद्धि” बनाउनु नै हो ।अन्त्यमा उँहाले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मी साथीहरूको रचनात्मक सुझाव, अमूल्य साथ, सहयोग र विशेष मायाको हार्दिक अपेक्षा सहित सम्पूर्णको साथ र विश्वासले आफ्नो अध्यक्ष पदका लागि निर्वाचन अभियानलाई थप ऊर्जा, उत्साह र जिम्मेवारीका साथ अघि बढ्न प्रेरणा मिल्ने पत्रकार सम्मेलन मा बताउनु भयको थियो।

