पोखरा ,भदौ १६ गते

व्यवसायीको हित, नेतृत्व क्षमता र परिवर्तनको एजेन्डा केन्द्रमा राखेर शोभा गौतम पोखरा उद्योग वाणिज्य संघकी वर्तमान महासचिव हुँदै अध्यक्ष पदमा उम्मेदवार दिएकि हुन र उनले पारदर्शिता, सुशासन, प्रविधिमैत्री संस्था तथा उधोगी व्यवसायीको हितलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।पोखरा उद्योग वाणिज्य संघको गरिमामय अध्यक्ष पदका लागि पहिलो महिला उम्मेदवार शोभा गौतमका बारेमा चर्चा गर्नु केवल एउटा उम्मेदवारी मात्रै होइन, अनुभव, क्षमता, समावेशी नेतृत्व र नयाँ सोचलाई अवसर दिने अभियान पनि हो ।

विशेषगरी युवा तथा महिला उद्यमीलाई व्यवसायिक नेतृत्वमा थप जोड्ने, नयाँ पुस्तालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने तथा व्यवसाय विस्तारका लागि आवश्यक सहजीकरण गर्ने विषयलाई  शोभा गौतम ले प्राथमिकतामा राखेकी हुन।  संघभित्रकै अनुभव र नेतृत्व क्षमता देखाउँदै विभिन्न उपसमितिदेखि कार्यसमिति सदस्य,  महासचिवसम्मको जिम्मेवारी सम्हाल्दै संस्थाको काम र संरचनालाई नजिकबाट बुझेकी उम्मेदवार, व्यवसायीको हितलाई प्राथमिकता मा राखेरआगामी कार्यक्रम र योजनाहरू उद्योगी व्यवसायीको वास्तविक आवश्यकता, समस्या र हितमा केन्द्रित गर्ने प्रतिबद्धता उहाँको रहेको छ।

बदलिँदो व्यापारिक वातावरणसँगै पोखरा उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री र भविष्यमुखी संस्थाका रूपमा अगाडि बढाउने सोच र संघलाई अझ पारदर्शी, सुशासित, प्रभावकारी र व्यवसायीमैत्री बनाउने स्पष्ट प्रतिबद्धता समेत रहेको छ। उहाँको आवाज भनेको व्यवसायीको आवाज सुन्ने, समस्या बुझ्ने, समाधानका लागि पहल गर्ने र संस्थालाई अझ बलियो बनाउने नेतृत्व हो। प्रश्न महिला वा पुरुषको होइन,कसले व्यवसायीको पक्षमा राम्रो काम गर्न सक्छ भन्ने हो। आजसम्म पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पद जिम्मेवारी महिलाले नसम्हालेको अवस्थामा शोभा गौतमको उम्मेदवारीले महिला नेतृत्वका लागि ऐतिहासिक ढोका खोल्ने अवसर मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0