Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

लेखनाथ उधोग वाणिज्य संघ का अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठ को भनाइ लेखनाथ उधोग वाणिज्य संघ को १९ औ संस्कर लेखनाथ महोत्सव २०८० को पत्रकार सम्मेलन

लेखनाथ उधोग वाणिज्य संघ को १९ औ संस्कर लेखनाथ महोत्सव २०८० को पत्रकार सम्मेलन

महोत्सब को मुख्य उदेश्य पुर्व उपाध्यक्ष उपेन्द्र राज सुवेदी ले प्रेस बिज्ञप्ति मार्फत  विश्वब्यापी  रुपमा देखिएको आर्थिकमन्दीका कारण थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रबदन गर्ने ,देशमा रहेका औधोगिक उतपादनलाइ बढावा दिन , हस्तकलाका सामानहरुको बजार प्रबदन  सोको पहिचान , स्थानिय उत्पादन ,लघु ,घरेलु तथा साना उधोगहरुको प्रबदन , आबश्यक ज्ञान ,सिप , उधमशिलता र प्रबिधि हस्तान्तरण , आन्तरिक यबम वाहय पर्यटकहरु आकर्षण गरि  आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने यस महोत्सवको मुख्य उद्देश्य रहेको छ।

महोत्सब का आकर्षण हरुमा औधोगिक व्यापार मेला , घरेलु तथा हस्तकलाका सामान विक्री वितरण ,शैक्षिक प्रदशनी अन्तर्गत  रास्ट्रीय   आविस्कार केन्द्र द्वारा आविस्कार गरिएका  ,घरेलु तथा ग्रामिण प्रविधि प्रदशनी , दैनिक उपभोग्य एवं खाधान्न सामान , फेन्सी ,कस्मेटिक , उत्पादित सुन्तला ,माछा ,मौरी ,कफी र दुग्ध उत्पादन , ताजा तरकारी जैविक विविधता लगाएतका प्रदशनी रहेका छन। उक्त महोत्सब मा ३३४ स्टल रहने भएको छ। साधरण तर्फ टिकट रु ८० , विधार्थी टिकट रु ५० , साँझ कन्सर्ट टिकट रु १५० र स्थायी प्रवेश शुल्क रु ३०० रहने भएको छ। महोत्सब मा ९ करोड बराबर को अनुमानित कारोवार हुने भएको छ ,

 

अनुमानित आम्दानि ९० लाख र अनुमानित खर्च रु ८० लाख र अनुमानित वचत रु १० लाख हुने यस लेखनाथ उधोग वाणिज्य संघ का पुर्व उपाध्यक्ष उपेन्द्र राज सुवेदी ले जानकारी गराउनु भएको थियो।  बाँकी कुरा यस लेखनाथ उधोग वाणिज्य संघ का अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठ को भनाइ यस भिडियो बाट हेर्नुहोला।

Facebook Comments