काठमाडौँ,चैत्र १० गते

मिति २०८१/१२/०९ गते अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं,
चन्द्रागिरी न.पा. ४ पानीघाट स्थित चित्लाङ-थानकोट सडकखण्डमा प्रहरी वृत्त
थानकोटबाट खटिएको प्रहरी टोलीले मकवानपुरको चित्लाङबाट थानकोट
काठमाडौं तर्फ आउदै गरेका जिल्ला दोलखा, शैलुङ गा.पा. वडा नं. ६ घर भएका
वर्ष ३२ को सुवास तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको
कालो रङको झोला भित्र अखेटोपहार सालकको खपेटा जस्तो देखिने वस्तु
लगायत निम्न दसी फेलापारी निजलाई उक्त वस्तुहरुसहित नियन्त्रणमा लिई
डिभिजन वन कार्यालय, काठमाडौं हात्तिसार पठाइएको ।

पक्राउ परेका मानिस:
१. जिल्ला दोलखा, शैलुङ गा.पा. वडा नं. ६ घर भएका वर्ष ३२ को सुवास
तामाङ
बरामद दसीः
१. सालकको खपेटा जस्तो देखिने चिजबस्तु थान-८
२. नङ्ग्रा थान-१
३. एकिन खुल्न नसकेको हड्डी थान -१
४. दुम्सीको काँडा जस्तो चिज बस्तु थान ३
५. नगद रु. ५२,०००/- (अक्षरेपि बाउन्न हजार)
६. कलर्स कम्पनीको सादा मोबाईल थान -१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0