
पोखरा ,असार २३ गते
पोखरा भ्रमणमा आउने पर्यटकहरूका लागि व्यवस्थित टुर प्याकेजहरू सहित महानगर पंक्षी घोषणाको तयारीमा पोखरा महानगरपालिका रहेको छ । यसका लागि सघन छलफल तथा अध्ययन भइरहेको नगर प्रमुख धनराज आचार्यले बताउनुभएको छ । नगर पंक्षी घोषणाको तयारी सहित नगर क्षेत्रमा रहेका पंक्षीहरुको गणना समेत सुरुवात गरिएको हो ।
चराविद्हरूको वैज्ञानिक अध्ययनपछि मात्रै नगरपन्छी घोषणा गरी संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाइने उहाँले बताउनुभयो । महानगरले ‘नेचर, कल्चर एन्ड एडभेन्चर’ को अवधारणामा पर्यटन प्रवर्द्धन गरिरहेको उल्लेख गर्दै उहाँले नगरपन्छी घोषणापछि त्यसको संरक्षण सहित विज्ञहरूसँगको सहकार्यमा चरा पर्यटनलाई नयाँ उचाइमा लगिनेछ स्रोत :पोखरा महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

