
संसदीय पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको २ दिने संसदीय मामिला तथा अदालती रिपोर्टिङ तालिम सम्पन भएको छ।
पोखरा ,जेठ ७ गते
संसदीय पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको २ दिने संसदीय मामिला तथा अदालती रिपोर्टिङ तालिमको अन्तिम दिन मा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर वागचन्दले अदालत, न्याय र सञ्चारबीचको सन्तुलनका लागि न्यायिक चेतनास्तर र पत्रकारको भूमिका उल्लेखनीय हुने बताउनु भएको थियो।
उहाँले न्यायाधीश को र पत्रकार को चेतनास्तर तथ्य /कारण को आधार मा बराबरी हुन सक्ने हुँदा आदर्श न्यायाधीशले न्याय दिलाउँदा, आदर्श पत्रकारले न्यायप्रति जनविश्वास निर्माण गर्नाले दुवैको चेतनास्तर अनुरुप अन्तिम उद्देश्य न्यायपूर्ण हुने भएकाले दया /करुणा र उत्तरदायित्व को आधार मा बराबरी मार्क (रिजल्ट ) निस्कन सक्ने बताउनू भएको थियो। तथ्य कारण को आधार मा आदर्श वान पत्रकार ले पीडितप्रति संवेदनशील भई बालमैत्री दृष्टिकोण अपनाइ मानव अधिकारको सम्मान गर्दै समाचारलाई सामाजिक उत्तरदायित्वसँग जोडन सक्ने उहाँले बताउनु भएको थियो।
अदालती रिपोर्टिङ गर्दा पत्रकारलाइ सबैभन्दा धेरै भ्रमित गर्ने शब्दहरू आरोपित पक्राउ लेख्नु पर्ने ठाउँ मा दोषी पक्राउ भनेर लेख्नु ,अदालतले दोषी ठहर गरेपछि मात्र लेख्नु पर्ने ठाउँ मा अभियुक्त दोषी ठहर भनेर लेख्नु ,आदेश मात्र आएको हुन सक्छ भनेर लेख्ने ठाउँमा फैसला आयो भनेर लेखनाले ,थुनामा पठाइएको हुन सक्छ भनेर लेख्नु पर्ने मा हिरासतमा पठाइयो भनेर लेखना ले , अभियोग पत्र दायर नहुँदा सम्म पुर्ण नहुन सक्छ भनेर लेख्नु पर्ने मा अनुसन्धान सकियो भनेर समाचार लेख्दा हचुवा को भरमा / भ्रम को आधार मा , गलत शब्द को प्रयोग नगरी सहि शब्द मिलाएर आदर्श पत्रकारले समाचार लेख्नु पर्ने बताउनु भएको थियो।
उहाँले न्यायिक पत्रकारितामा संलग्न पत्रकारले कानून र न्यायिक प्रक्रिया बुझ्नुपर्छ, स्वतन्त्र न्यायपालिकाको सम्मान गर्नुपर्छ, सत्य र निष्पक्षताको आधारमा समाचार सम्प्रेषण गर्नुपर्छ तथा बालबालिका, पीडित र कमजोर वर्गप्रति संवेदनशील हुनुपर्छ, तथ्य र अफवाह छुट्याउनुपर्छ,स्रोत परीक्षण गर्नुपर्छ,कानुनी सीमाको सम्मान गर्नुपर्छ,मिडिया ट्रायलबाट पुर्ण रुपमा बच्नु पर्ने मुख्य न्यायाधीश डा रत्नबहादुर वागचन्दले तालिम मा बताउनु भएको थियो। अदालती रिपोर्टिङ गर्दा आरोप ,दोषी ,संदिग्ध, अभियुक्त ,कैदी र थुनुवा जस्ता संवेदनशील शब्दहरु प्रयोग हुने बताउनु भएको थियो।
पत्रकारको एक समाचारले जनमत निर्माण गर्ने ,न्यायिक प्रक्रियालाई प्रभाव पार्ने ,व्यक्तिको प्रतिष्ठा प्रभावित पार्न सक्ने भयकाले अदालत र पत्रकारिताको साझा लक्ष्य अनुरुप सत्य सूचना प्रदान गर्ने,निष्पक्षता,सार्वजनिक विश्वास का आधार मा न्याय प्रदान गर्नु दुबैको मुख्य दायित्व रहने भन्दै न्यायलयले संधै सेवा गर्न तत्पर रहेको र न्यायिक पत्रकारितामा तथ्य, निष्पक्षता र कानुनी प्रक्रियाको सही बुझाइ अपरिहार्य रहेको बताउनु भएको थियो।गलत कानुनी शब्द प्रयोगले जनमत र न्यायिक प्रक्रियामा असर पार्न सक्ने भन्दै उहाँले मिडिया ट्रायलबाट बच्न पत्रकारलाई आग्रह समेत गर्नुभएको थियो।
Main Point
- न्यायिक पत्रकारितामा तथ्य र निष्पक्षता अपरिहार्य : मुख्य न्यायाधीश वागचन्द
- अदालती रिपोर्टिङमा सही शब्द प्रयोग गर्न पत्रकारलाई आग्रह
- न्याय र सञ्चारबीच सन्तुलनका लागि पत्रकारको भूमिका महत्वपूर्ण
- मिडिया ट्रायलबाट बच्न मुख्य न्यायाधीशको सुझाव

