विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारको क्षमता विकास गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय तहबिचको सहयोग, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख छ।
त्यसैगरी, पश्चिम नेपालको भूकम्प, मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त निजी आवास, पुरातात्त्विक सम्पदा तथा सार्वजनिक संरचनाहरूको प्रबलीकरण, पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।स्रोत: National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0