
पोखरा,बैसाख २३ गते
खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय पोखराको आ.व. २०८१/०८२ को तेस्रो त्रैमासिक अवधिको प्रगति समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न भएको छ।
सम्पन्न गोष्ठि को प्रमुख अतिथि मा राष्ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष राजेन्द्र लिगल रहनु भएको थियो भने ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा का वरिष्ठ खाध अनुसान्धन अधिकृत नवराज दाहाल को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको थियो। ,समिक्षा गोष्ठि को प्रस्तुतकर्ता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का खाद्य अनुसन्धान अधिकृत / सूचना अधिकारी विजन श्रेष्ठ ले गर्नु भएको थियो।खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय पोखराको कार्यक्षेत्र : उद्योगहरुको अनुज्ञापत्र सम्बन्धि कार्य गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला रहेको र खाद्य बजार, होटेल रेस्टुरेन्ट तथा संयुक्त अनुगमनको कार्य कास्की, पर्वत र स्याङजा जिल्ला भएको ,२०७८ कार्तिक २ गते देखि साबिक को खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा वाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भएको र पोखरा कास्कीमा स्तरोन्नति भएको जानकारी , २०७९ श्रावण १ गते देखि यस कार्यालयबाट प्रयोगशाला विश्लेषण सेवा संचालन गरि गण्डकी प्रदेश भित्र प्रयोगशाला सेवा सुरु गरिएको जानकारी स्रो त्रैमासिक अवधिको प्रगति समिक्षा गोष्ठि कार्यक्रम मा भएको थियो। गोष्ठि मा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारि तथा नवीकरण, खाद्य तथा दाना उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन निरीक्षण, राजस्व संकलन तथा वित्तिय प्रगति बारे कार्यक्रम मा जानकारी गरिएको थियो।तेस्रो त्रैमासिक अवधिमा खा.प्र.गु.नि.का., पोखराबाट ९ महिनाको अवधिमा ६८ वटा अनुमति पत्र जारि गरेको २०४ वटा उधोगहरु अनुगमन तथा निरीक्षण गेरको ,होटेल ,रेस्टुरेन्ट तथा हस्पिटल क्यान्टिन अनुगमन तथा निरीक्षण गरेको,पश्चिमाञ्चल क्याटरिङ व्यवसायी संघ, पोखराको समन्वयमा कार्यालयबाट पोखरामा अवस्थित क्याटरिङ व्यवसायी तथा हस्पिटल क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिसकेको सूचना अधिकारी विजन श्रेष्ठ ले बताउनु भयको थियो। त्यस्तै गरेर उहाँले हाम्रो जिल्ला को नाका बाट केहि प्रसोधित सामानहरु आइरहेको र त्येस्लाई चुनौतिको रुपमा देखा परेको पनि बताउनु भएको थियो। उहाँले वि स २०८० सालको भन्दा २०८१ को राजश्व संकलन पनि राम्रो भएको बताउनु भएको थियो। पोखरा बाट ९ महिना को अवधिमा ६ वटा मुद्दा दायरि रहेको जानकारी पनि गोष्ठि मा जानकारी गराउनु भएको थियो भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली तनहुँ ले अनुगमन मार्फत ११ वटा मुद्दा दायरि रहेको कार्यक्रम मा बताइएको थियो । तेस्रो त्रैमासिक मा ५ वटा होटेल हरुलाई लोगो वितरण अन्तर्गत , ४ वटा लाइ उत्तम लोगो ,१ वटालाई सन्तोषजनक लोगो वितरण गरिएको सूचना अधिकारी विजन श्रेष्ठ ले बताउनु भयो। समस्या तथा चुनौती अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा को आफ्नै भवन नभएको तर तेस्रो तेस्रो त्रैमासिक अवधि मा २१ जनाको दरवन्दी मा सम्पुर्ण कर्मचारी रहेको पनि कार्यक्रम संचालक पोखरा का खाद्य अनुसन्धान अधिकृत / सूचना अधिकारी विजन श्रेष्ठ ले बताउनु भएको थियो। हालसम्म पोखरा बाट खाद्य बजार अनुगमन ,११ पटक,होटल/रेस्टुरेन्ट अनुगमन १९ पटक,खाद्य उद्योग अनुगमन ७६,दाना उधोग अनुगमन ३ गरेको , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली तनहुँ अन्तर्गत २४ पटक खाध तथा दाना बजार ,खाध तथा दाना उधोग ४४ वटा होटेल रेस्टुरेन्ट १६ पटक र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ्ग अन्तर्गत खाध तथा दाना बजार ४२ पटक ,खाध तथा दाना उधोग ३१ वटा ,संयुक्त अनुगमन होटेल तथा रेस्टुरेन्ट ३० पटक गरेको समेत कार्यक्रम मा जानकारी गराइएको थियो।खा.प्र .ग.नि. का पोखरा को हालसम्मको प्रगति अन्तर्गत अन्तर्गत १९८५ जम्मा विश्लेषण संख्या मा १०८ प्रतिकुल नमुना संख्या भेटिएको मा ५. ४४ प्रतिकुल प्रतिशत भएको ,कार्यक्रम मा बताइएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा बाट जफत नष्ट गरि रु १,२५,४४३ /- आम्दानि भएको ,डिभिजन कार्यालय तनहुँ बाट रु ८,४८,०९३ /-र डिभिजन कार्यालय बाग्लुङ्ग बाट रु १२८३६८/- आम्दानि भएको कार्यक्रम मा विजन श्रेष्ठ ले बताउनु भएको थियो।

