‘अटिजम’ र ‘डाउन सिन्ड्रोम’ भएका बालबालिकाको शिक्षा, सिप र विकासमा महानगरपालिकाले सोचेको देखेपछि भविष्यप्रति आशावादी भयौँ – अभिभावकहरु
होम स्कुलिङ् सम्भव छ । मूल्याङ्न प्रक्रियालाई बैज्ञानिक बनाएर जेमा क्षमता छ, त्यसमा योग्यता निर्धारण गर्ने विषयमा छलफल चलाऔँ । शिक्षक, सहजकर्ता, सहयोगी शिक्षक र अभिभावकका लागि तालिम सञ्चालन गरौँ । यो एउटा अवस्था हो । यसप्रति समाजले हेर्ने दृष्टिकोणलाई सचेतनामूलक कार्यक्रमबाट न्यूनीकरण गर्दै जाऔँ । उहाँहरुबाट प्रकट भएका प्रतिनिधिमूलक भनाइ हुन् । उहाँहरुले व्यक्त धारणामध्ये, आमाबाबु नभएका दिन (मृत्युपछि)देखि उनीहरुको स्याहार र व्यवस्थापन कसले गरिदिन्छ? सहोदर दाजुभाइ, दिदीबहिनीहरुमा बाबुआमापछि आफूले दायित्व लिनु पर्ने सोचले अहिले नै तनावमा देखिन्छन्, भन्ने हो । यस्ता बालबालिकाको शिक्षाका लागि बुक फ्री फ्राइडे पनि एउटा महत्वपूर्ण ठाउँ हुन सक्छ । यसलाई प्रयोग गरेर हेरौँ । उहाँहरुको सुझाव थियो ।स्रोत : काठमाडौँ महानगरपालिका-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0