पोखरा ,जेठ २८ गते

राष्ट्रिय चिया तथा कफी विकास बाेर्ड क्षेत्रीय कार्यालय पोखरा को पत्रकार सम्मेलन सम्पन भएको छ।राष्ट्रिय चिया तथा कफी विकास बाेर्ड क्षेत्रीय कार्यालय पोखरा को निमित्त निर्देशक पवित्रा अधिकारि ले कफीको परिचय, उत्पत्ति र इतिहास बारे वर्णन गर्नु भएको थियो। उहाँलेकफी रुवियसी परिवारको एक सदाबहार रूख जन्य वनस्पति हो, यो सानो झाडि देखी ठुला रुख सम्मका हुन्छन । कफीको बैज्ञानिक नाम कफिया हो भने यस अन्तर्गत मुख्य चार जातहरुको खेति गर्ने गरिन्छ । अराधिका, रोवस्टा लाइबेरिका र एक्सेल्सा गरि चार जातहरु मध्य अराबिका र रोवस्टा कफी बढि महत्वपूर्ण मानिएको विश्वमा खेति हुने झण्डै ७० प्रतिशत कफी अराबिका जातको छ भने झण्डे ३० प्रतिशत कफी रोवस्टा जातको छ भने लाइबेरिका कफी नगन्य मात्रामा भएको बताएकी थिईन। उहाँले

हरेक व्यक्तिको तनावलाई क्षणभरमै कम गर्ने बिद्य प्रसिद्ध पेय पदार्थ कफीको उत्पत्ति उपलब्ध इतिहास अनुसार पूर्वी अफ्रिकन देश इथियोपियाको कफा नामक जहलमा एक काल्दी नामको भेडा गोठालोले पत्ता लगाए‌को भनिदै आएको ,उक्त इतिहास अनुसार कफा जङगलमा बाख्राले जङ्गली रुपमा रहेको कफीको दाना खाई फरक र असामान्य व्यवहार देखाउन थालेपछि उक्त बनस्पतीको खोजी गरियो र बाख्राले फरक व्यवहार देखाउने वनस्पती कफी भएको पत्ता लागेको बताएकी थिईन । उहाँले नेपालमा कफी खेतीको शुरुवात र विकासक्रम को धारण व्यक्त गर्दै नेपालमा कफी खेति गुल्मी जिल्लाको आँपचौरबाट शुरु भएको हो वि. सं १९९५ मा हिरा गिरिले वर्माबाट नेपाल फर्कदा केहि कफीका दाना ल्याई घर अगाडिको बारीमा रोपी कफी खेतीको सुरुवात गर्नु भएको, बि. सं. २०३३ मा आँपचौरकै पारेश्वर खाराल ले नर्सरी स्थापना गरि आफ्नो गाउँमा र जिल्लामा कफी खेति विस्तारमा भूमिका खेलेको ,वि स. २०३९ सालमा पाल्पा जिल्लामा तिनाउ जलाधार क्षेत्र संरक्षण परियोजनाले पृक्षारोपण कार्यक्रममा कफी रोपण गरि कफी विस्तारमा सहयोग गरेको परियोजनाको मध्यमबाट धेरै जसो कफीको जात भारतबाट भित्रि एको अनुमान गर्न सकिन्छ ।

वि. सं. २०४० मा नेपाली कफीको बजारीकरणको लागि नेपाल कफी कम्पनीको स्थापना भई गाउँ गाउँ बाट कफी संकलन गरि प्रशोधन कार्य शुरु भएको थियो। वि. सं. २०४१ सातमा स्व. श्री ५ विरेन्द्र वीर विक्रम शाह देव बाट पशिमांचल विकास क्षेत्रको अनौपचारिक भ्रमणमा आँपचौर गा. बि. स. को उपल्लो फाँटमा कफीको राम्रो सम्भावना देखेर त्यसै भ्रमणको अवसरमा कफी विकास कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्नस लागि निर्देशन भए जमोजीम कफी विकास केन्द्र, आँपचौरको स्थापना भएको उहाँले बताउनु भएको थियो। उहाँले नेपालमा कफी खेति गर्नुका कारण मा प्राकृतिक बरदान भूमध्य रेखीय क्षेत्रबाट २३० मिटर उत्तर,अरविका प्रजाति,विशिष्ट गुण भएको,अर्गानिक भुमि,हिमाली गुणस्तर,हाते टिपाई,छायादार कफी, पुरा पाकेको,सन्तुलित स्वाद भएको,साना कृषक/सहकारी पद्दतिबाट उत्पादित,स्वच्छ व्यापार भयको कारण बाट नेपालमा कफी खेति गर्नु का कारण बताउनु भएको थियो। निर्देशक पवित्रा अधिकारि ले नेपालमा कफीको वर्तमान अवस्था बारे बताउंदै आ.व. २०८०/०८१ मा १४ करोड ९२ लाख बरावरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा रु. ४१ करोड ९८ लाख बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको तथ्यांक र आ.व. २०८०/८१ मा नेपालभर ५०१३ मे.टन ग्रीनवीन कफी उत्पादन भएको छ

रहेको नेपालमा झन्डै ११ लाख हेक्टर मा कफी खेति गर्न सकिने बताउनु भएको थियो। उहाँले कफी खेति मा धेरै चुनौतिहरु रहेको भन्दै कफी बाली नेपालको रैथाने बाली नभएकाले खेति प्रणाली (Cultural practice) अन्य देशको भन्दा दुई रहेको तर नेपालको हावापानी सुहाउदो खेति प्रणाली अनुसन्धान भैनसकेको कारण ,नेपालमा हाल खेति भैरहेको जातहरु वर्मा र भारतबाट नित्रिएको इतिहास रहेको छ. तर ति जातहरुको आधिकारिकता, विश्वसनियता तथा गुणस्तरीयतामा अझसम्म जांच तथा अनुसन्धान हुन नसकेको कारण ,
वर्तमान समयमा विश्व कफी अनुसन्धान कार्यक्रम तथा अन्य देशका अनुसन्धान कार्यक्रमहरुले अनुसन्धान गरी जारी गरेका नयाँ कफीमा जातहरु नेपात्तमा भित्र्याउन नसकिएको,कारण विश्व तापमान वृद्धि संगै जलवायुमा आए‌को परिवर्तनको प्रभाव कफीमा अन्य वालीको तुलनामा बढी मात्रामा परिरहेको छ । जसको कारण नेपालमा कफीमा समयमा फुत नफुल्ने, समयमा फल नलाग्ने, समयमा फल नपाउने जस्ता समस्या देखिएका छन ।

साथै गर्मि मौषममा धेरै गर्मि र जाडो मौषममा धेरै जाडो हुने बलवायु विकास भैरहेको हुँदा कफीमा वानस्पतिक तनाव (psysiological stress! भइ कफी मर्ने समस्या का कारण,जलवायु परिवर्तनको कारणले गर्दा अतिवृष्टि र अनावृष्टिको समस्या देखिन थालेको छ। जसले गर्दा वर्षायाममा धेरै पानी परी भू-क्षय, लिविंग, बढी पहिरो जस्ता समस्याले कफी बालीलाई हानी नोक्सानी पुर्याउने र हिउँदको वेला खडेरी परी कफीलाई चाहिने न्युनतम पानीको उपलब्धता हुन् नसक्ने हुँदा कफीलाई सुख्खायाममा बचाउन गाह्रो हुने अवस्था कारण
कफी खेति बिकास, विरतार र प्रवर्द्धनमा समयसापेक्ष नीति नहुनु, कफी क्षेत्रमा काम गर्ने सरकारी तथा गैर-सरकारी निकायहरु बीच समन्वयको कमि हुनु तथा ति निकायहरुले आफुखुसि कार्य गर्दा कफी खेति विस्तारमा भएको लगानीवाट अपेक्षित प्रतिफल प्राप्त नहुनु,का यी कारणहरुले चुनौती थपेको उहाँले बताउनु भएको थियो। राष्ट्रिय चिया तथा कफी विकास बाेर्ड क्षेत्रीय कार्यालय पोखरा का
कृषि प्राविधिक सहायक नगेन्द्र सुवेदी ले युवा पुस्तालाई यो कफी खेति मा आकर्षित गर्न के गर्न सकिन्छ ? ६० बर्ष पुगेका मानिसहरु पछि अब कसले कफी खेति गर्छ ? कफी खेतीमा रैथाने बालि लाइ फोकस गर्नु जरुरि रहेको ,जात अनुसारको विउहरु बाँड्न नसकेको गुनासो ,प्रमुख समस्या भनेको गाउँ मा मानिसहरु रित्तिएको कारण कफी खेति खस्कँदो रहेको बताउनु भएको थियो। साथै उहाँले धान मकै ,गहुँ अन्य खेतबाली लगाउने ठाउँ मा पनि यो खेति गर्न सकिने बताउंदै किसान ले बिमा दावी गर्न भने झन्झट व्यहोर्नु पर्ने औँल्याउनु भएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0