काठमाडौं, असार २७ गते

जिल्ला प्रहरी परिसर काठमाडौं ले विभिन्न स्थानमा फेला परेका महत्वपूर्ण कागजातहरू एकत्रित गरेको जनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा फेला पारी सङ्कलन हुन आएका महत्वपूर्ण कागजातहरू जिल्ला प्रहरी परिसर काठमाडौंको खोजतलास शाखामा एकत्रित गरिएको छ । उक्त कागजातको विस्तृत विवरण कमेन्टमा राखिएको लिंक खोली हेर्न सक्नुहुनेछ । आफ्नो, आफन्त वा साथीभाइको कागजातहरू हराएको भएमा विवरण चेक गरी फेला परेको कागजात लीनको लागि खोजतलास शाखामा सम्पर्क गर्न हुन अनुरोध छ ।
कागजातहरूको विवरण

1 नागरिकताको प्रमाणपत्र – ८२६ थान

2 राहदानी – १३५ थान

3 ए.टि.एम. कार्ड – ४५ थान

4 सवारी चालक अनुमति पत्र – २६ थान

5 मतदाता परिचय पत्र – २१ थान

6 बचत पास बुक – ११ थान

7 स्थायी लेखा परिचयपत्र – १० थान

8 जेष्ठ नागरिक प्रमाणपत्र – ९ थान

9 शैक्षिक प्रमाणपत्र – ९ थान

10 अन्य – ४७ थान
सम्पर्क
प्रहरी कन्ट्रोल – १०० खोजतलास शाखा – ०१-४२५०८३७

ईमेल ठेगाना – mpcd_khojtalas@nepalpolice.gov.np

फेसबुक -/Police RangeKTM

जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं खोजतलास शाखा

On Facebook : https://www.facebook.com/share/p/1AaDHqLMoq/

Link: https://bit.ly/lostandfounddocuments

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0