पोखरा ,भदौ १९ गते
मिति २०८२।०५।१७ गते अं.१५:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड स्थितमा रहेका विभिन्न खाजा घरहरूमा होहल्ला भई अनैनिक गतिविधि भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड स्थित रहेका खाजा घरहरूबाट ११ जना महिलाहरूलाई उद्धार गरी कोपिला नेपाल संस्थामा पठाइएको र अनैतिक गतिविधिमा संलग्न निश्न ४ जना खाजाघर मञ्चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैनिकता विरुद्धको कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण :-
1. जिल्ला चितवन घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ जाल्पारोड बस्ने वर्ष २८ की सुनिता तामाङ ।
2. जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं. ८ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सृजनाचोक बस्ने वर्ष १९ को सुवास गुरुङ ।
3. जिल्ला बाग्लुङ जैमनी न.पा. ८ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ न्यूरोड बस्ने वर्ष २१ को सागर थापा मगर ।
4. जिल्ला बाग्लुङ जैमनी न.पा. ८ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ न्यूरोड बस्ने वर्ष २१ को शंकर थापा ।
जिल्ला प्रहरी कार्यालय कास्की
प्रवक्ता / सूचना अधिकारी प्र.ना.उ. हरी बहादुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1