पोखरा , भदौ २६ गते
नेपालमा Gen Z– ले २०८२ साल भदौ २३ र २४ गते आन्दोन शुरु गर्यो। राजनैतिक दल वा नेतृत्व होइन—स्वदेशी युवा, विद्यार्थीहरूले शैक्षिक पोशाकमा सक्रिय सहभागीता जनाएर “Gen Z– ले समूहहरूले मोर्चा अगाडि बढाएका थिए । उनीहरुले “Shut down corruption—not social media.” आक्रोशका नाराहरु लगाएका थिए।

पहिलो दिनको आन्दोलन मा सामाजिक सञ्जाल TikTok र Viber मा धरै मानिसहरुको प्रदर्शन मा सक्रिय भूमिका निभाएको देखिएको थियो । उक्त दिन नेपाल मा TikTok र viber मात्र संचालन रहेको थियो। सरकार ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, यूट्यूब, WhatsApp, X आदि प्रतिबन्ध गरेपछि Gen Z का लागि डिजिटल प्लेटफर्महरू केवल मनोरञ्जन होइन—तर पढ्ने, काम गर्ने, आवाज उठाउने माध्यम हुन् सक्छ ।

सरकार को अचानकको प्रतिबन्धले उनीहरूको अभिव्यक्ति र सञ्चार अधिकारलाई खल्तीसमेत बनाएको महसुस “Gen Z– ले गरेको छ। दूषित प्रशासन–भ्रष्टाचार र असमानता ले हामि नेपालीहरु जलिरहेका छौं ,दीर्घकालीन निराशालाइ मेट्नका लागि युवा वर्ग लामो समयदेखि भ्रष्टाचार, कुशासन, बेरोजगारी र राजनैतिक अनियमितताबाट वाक्क दिक्क भएका कारण हामि स्फूर्त आन्दोलन मा उत्रिन बाध्य भएका हौँ। लोकप्रिय प्रतीकहरू जस्तो एक टुक्रा–“One Piece” एनिमे झण्डाले स्वतन्त्रता र प्रतिरोधको प्रतीकको रूपमा आन्दोलन चर्किएको थियो।

सरकारले प्रतिबन्ध हटाउन बाध्य भया पछि गोलि प्रहार गरेको थियो र भदौ २३ गते कै दिनमा १९ जनाको ज्यान समेत गएको थियो। भने आज सम्म जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या  ३० पुगेको छ। साथै आज सम्म ३ जना प्रहरीको मृत्यु भएको र केहि प्रहरी हराएका छन् । त्येसपछी सोहि दिनमै पीडितलाई क्षतिपूर्ति र उपचार निशुल्क गराउने निर्णय नेपाल सरकार का माननीय मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ ले गर्नु भएको थियो। काठमाडौं महानगरपालिका का प्रमुख बालेन्द्र शाहले आन्दोलनलाई समर्थन गरेका थिए , तर आँफुलाई सहभागी हुन असमर्थ जनाएका थिए ।

साथ् साथै देश भरका Gen Z समुहरु भने आन्दोनलमा समर्थन जनाएका थिए। गृह मन्त्री रमेश लेखकले आन्दोलनका क्रममा हाँच्चिएको हिंसा र १९ जनाको मृत्युका लागि नैतिक जिम्मेवारी स्वीकार गर्दै, आफ्नो पदबाट राजीनामा दिएका थिए। “Gen Z आन्दोलन” को दबाब र हिंसात्मक घटना (कम्तीमा १९ भन्दा बढी मृत्यु) का कारण, प्रधानमन्त्री के. पी. शर्मा ओली (Prime Minister K. P. Sharma Oli) ले पनि राजीनामा दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी , लगाएत नेपालि कांग्रेस केहि नेताहरु ,नेकपा यमाले का केहि नेताहरुले राजिनामा दिएका थिए।

प्रदेश स्तरका पार्टीहरू वा अन्य नेता–नेत्रीहरू (जस्तै काङ्ग्रेस, माओवादी, राजतान्त्रिक, आदि) ले आफ्नो पदबाट राजीनामा दिएको कुनै पुष्टि भएको भने छैन। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने २०८२ साल भदौ २४ गते नक्खु जेलबाट निस्किएका थिए , उहाँले जेल बाट निस्कनु मा Gen Z को पूर्ण सहयोग रहेको भन्नु भयको थियो ,तर उहाँले मैले कानुन को पालना गर्नु पर्दछ , कानुननि नियम अनुसार नै म निस्कने छु भन्दै गर्दा पनि “Gen Z  को समुहले उहाँलाई जेल बाट निकालेको प्रमाणीत हुन पुगेको थियो।

देशमा अमन चयन कायम गर्न न्यायको प्रत्याभूति आवश्यक भएकोले गोरखा मिडियासँग सम्बन्धित विषयलाई सहकारीसँग जोडेर गरिएको राजनीतिक मुद्दामा हाल थुनामा रहनु भएका मा. रवि लामिछानेलाई चुना मुक्त गर्ने निर्णय गरिएको छ । मुद्दा फिर्ता गर्ने कानुनी प्रक्रियामा समय लाग्ने भएको र सो अवधिमा चुनामा राखिराख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा

निजलाई तत्काल थुना मुक्त गर्न निर्णायानुसार जानकारी गराइन्छ। मुलुकमा व्याप्त परिस्थितिलाई मध्यनजर गर्दै मा. रवि लामिछानेले रिहा हुन मन्जुर गर्नु भएको श्रीमान गृह सचिव ज्यूको आदेशानुसार व्यहोरा अनुरोध छ। भनेर नख्खु, ललितपुर् कारागार व्यवस्थापन विभाग कारागार कार्यालय बाट कारागार प्रशासक सत्य राज जोशी को हस्ताक्षर मा उहाँलाई जेल बाट निकालिएको थियो। भदौ २४ गते नेपाल सरकार का केहि निकायहरुले देशका केहि भागहरुमा कर्फ्यु जारि गरेका थिए। तर कर्फ्यु जारि गरेपनि “Gen Z  को आन्दोलन बढ्दै गएको थियो।

आन्दोलन क्रमिक रुपमा बढ्दै गएपछि “Gen Z का समुहरुले प्रमुख नेताहरुलाई गोलि ,ढुंगा मुढा गरि घाइते बनिदियका थिय भने उनीहरुको घर जलायर नष्ट गरेका थिए , भने पुर्व प्रधान मन्त्रि झलनाथ खनाल को श्रीमती लाइ जलाएका थिए। भदौ २४ गते नैGen Z  का कार्यक्रम संयोजक पुरुषोत्तम यादव ले सूचना प्रेस विज्ञप्ति निकाल्दै हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माण को नजिक पुगेका छौं।

तर, प्राप्त सूचनाअनुसार अझै पनि केहीं तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ। हामी भोलिको दिनमा सम्बन्धित पक्षसँग वार्ता गर्ने चरणमा प्रवेश गर्दैछौं। यस कारण धेरै साथीहरू क्रमशः घर फर्किसकेका छन् । हाम्रो स्पष्ट नीतिः सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन । लुटपाट हाम्रो आन्दोलनको हिस्सा कहिल्यै होइन।

त्यसैले, हाम्रो “Gen Z  का साथीहरू तथा आम राष्ट्रवादी साथीहरूलाई हार्दिक अनुरोध छ यस्ता कार्यहरू हाम्रो आन्दोलनसँग सम्बन्धित होइनन् । कृपया सचेत रहनुहोस् र आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्नुहोस्। हाम्रो आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोमै अघि बढ्नेछ।

धन्यवाद । भनेर बताउनु भएको थियो। नेपाली सेनाको कमान्ड (प्रधानसेनापति—Chief of Army Staff, CoAS) हाल जनरल अशोक राज सिग्देलले भदौ २४ गतेदेखि कमाण्ड सम्हालेका छन्। भदौ २४ गते बेलुकी १० बजे प्रधानसेनापति जनरल अशोक राज सिग्देलले आदरणीय नेपाली दाजु भाई तथा दीदी बहिनी नेपाल को इतिहास देखी नै नेपाल को स्वतंत्रता सार्वभौम सत्ता भौगोलिक अखंडता स्वाधीनता राष्ट्रीय एकता नेपाली जनता को सुरक्षा यस परिस्थिति मा नेपाली सेना प्रतिबद्ध रहेको हामि सबैलाई सर्वबित्तिदै छ।

नेपाल मा हाल भइरहेको को आंदोलन को क्रम मा अपूर्ण क्षति प्रति गहिरो दुख प्रकड़ गर्दै दिवंगत आत्मा को शांति को कामना गर्नुका साथै शोक परिवार जन प्रति नेपालि सेना हार्दिक समवेदना र साहानुभुती प्रकट गर्दछौं साथै घाइते बिरामिप्रती सिघ्र स्वास्थ्य लाभको कामना भनेर राष्ट्र को नाम मा सम्बोधन गर्नु भएको थियो।

“Gen Z  को आन्दोलन मा संविधानसभा (संसद् भवन) ,शितल निवास ,शिंहदरबार ,सर्वोच्च अदालत लगाएत महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन् । बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, ब्याङ्क लगायत सार्वजनिक र  निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ पछाडि धकेल्ने यी घटनाक्रमबाट सिङ्गो समाज निकै आहत भएको छ ।

त्येस्तै गरेर पोखराका मेयर धनराज आचार्यको निवास सहित पोखरा इभेन्ट बुलौदी मा आगजनी, भाटभटेनी सुपरमार्केट कर्मचारी भित्र आगजनी र लुटपाट , पृथ्वीचोकको सहित लखन थापाको शालिक तोडफोड, प्रदेश जलस्रोत मन्त्रालय, जिल्ला प्रशासन कार्यालय आगजनी ,जिल्ला अदालत कास्की आगलागी,लोक सेवा आयोगको कार्यालय आगजनी, न्युरोडमा मन्त्री विन्दुकुमार थापाको घर सहित ३ घरमा आगजनी,पोखरा ट्रेड महल वगैचा रिजोट समेत जले , पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी, प्रदेश सभा भिमकालिपाटनमा आगलागी, यातायात कार्यालय पृथ्विचोकमा आगजनी,विजयपुरमा यज्ञबहादुर थापाको घरमा तोडफोड, गण्डकी विश्व विद्यालय मुस्ताङचोकमा आगलागी, शिक्षा विकास निर्देशनालय वगरमा आगजनी ,

एनसेलको कार्यालय सिर्जनाचोकमा तोडफोड, प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड, इलाका (वडा) प्रहरी कार्यालय वगरमा पधाडी आगजनी, नेपाल रेडक्रस सोसाइटी उपशाखा १० लगायत वडा कार्यालय १० मा आगजनी एमाले पार्टी कार्यालयहरू, नेपाली काङ्ग्रेस तथा अन्य दलका पार्टी कार्यालयहरू, शिक्षा विकास तथा समन्वय समिति कास्कीमा आगजनी, परीक्षा नियन्त्रण कार्यालयमा आगजनी ,वडा कार्यालय ३/५/८/११/१२/१३/१४/२५ लगायतका धेरै जसो वडामा आगजनी, विभिन्न प्रहरी चौकीमा आगजनी तथा तोडफोड ,

विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा तोडफोड तथा आगजनी,अख्तीयार कार्यलय पोखरा मा आगजनि ,नापी कार्यलय कास्की आगजनि , राजीब पहारी को घरमा आगजानी र लेकसाइड का ३ बटा ठुला रिसोर्ट आगजनि गरेका थिए। राष्ट्रिय मानव अधिकार आयोग, आम्नेस्टी अन्तर्राष्ट्रिय लगायतले मानव अधिकारको रक्षा र स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आग्रह पनि गरेको छ।

May be an image of 11 people and fire

परिवर्तनका लागि सडकमा विरोध प्रर्दशन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो । तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।
सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ। भनेर डा. सन्दुक रुईट ले विशेष अनुरोध पनि गरेका छन्। अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्विरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा “बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला” भनी शिर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ।

यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका ग्रामक नकारात्मक समाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नगराउन हुन भनेर नेपाल प्रहरीले अनुरोध पनि गरेको थियो। आन्दोलन का कारण विधालायाहरुमा पठन -पाठन प्रभावित भएपछी , देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्या सिर्जना भएको छ।

नेपालका विभिन्न अस्पतालहरूमा सयौं घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ ।यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ। हामी दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौ। साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। दर्जनौ होनहार युवाहरूले ज्यान गुमाउनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते (दुई दिन) शोक विदा दिने निर्णय गरिएको जानकारी गराइन्छ ।

यस विषम परिस्थितिलाई हामी सबैले संयमता र धैर्यताका साथ सामना गर्दै, सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नु अत्यावश्यक छ। हामी सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूलाई शान्त, संयमित र सहज बाताबरण निर्माणमा सहयोग गर्न हार्दिक आह्वान गर्दछौं। भवानी अधिकारी अध्यक्ष मन्टेश्वरी एसोसिएसन, दिवाकेर जोसी अध्यक्ष कास्की हिसान,हेमन्त अधिकारी अध्यक्ष नेसनल प्याव्सन कास्की ,षडानन्द गौतम अध्यक्ष प्याब्सन कास्कीले यसरि संयुक्त रुपमा विज्ञप्ति जारि विधालय बन्द गर्नु परेको थियो। त्यस्तै गरेर सरकारी कार्यालयहरु को तोडफोड ले कामकाज कार्यमा पनि सेवा अवरोध भएको छ। भदौ २५ गते देखि नेपाली सेना परिचालन गरि सतर्कता अपनाइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्की ले मिति २०८२/०५/२३ र २४ गते Gen Z  समूहद्वारा जिल्लामा विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शनको क्रममा अवाञ्छित तत्त्व समेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल अगाडि माथि तोडफोड, आगजनि तथा लुटपाट समेत गरी क्षति पुयाउने र सुरक्षाकर्मी उपर आक्रमण गर्ने जस्ता हिंस्रक र अराजकता गतिविधि लाई नियनण गर्नको लागि मिति २०८२ /०५ /२४ गते राती १०.०० बजेदेखि नै नेपाली सेना सहित मितलाधि सुरक्षा निकाय परिचालित भईसकेको छ ।

May be an image of text

जिल्लामा शान्ति सुरक्षाको अवस्था क्रमश: सामान्य हुँदै गईरहेको छ। यस परिस्थितिमा जिल्लास्थित आम सर्वसाधारणहरू संयमित भई रहनुहुन, अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल एवं आवत जावत नगर्नुहुन, भिडभाडमान गतिविधिहरु नगर्नुहुन कुनै शंकास्पद र अरामक गतिविधि भएमा वा हुन लागेमा तुरुन्त देहाय बमोजिमका सुरक्षा निकायमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरेको छ। तोडफोड र आगजनीपछि सडक सरसफाईमा महानगर प्रहरी र स्थानीय बासिन्दाहरू लागिपरेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका छन् भने त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । नेपाली काँग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुन निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकामा जेनजी भन्दै कार्यालय भित्र प्रवेश गर्न खोज्नेलाई स्थानीय र सेनाले नियन्त्रणमा लिएका छन् । टोपबहादुर रायमाझी पनि भागेको स्रोतले बतायाको छ। न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित सुशीला कार्की सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधान न्यायाधीश हुन् । प्रधानमन्त्री खड्गप्रसाद ओली को अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो ।
अहिले उहाँ नेपाल को पहिलो महिला प्रधान मन्त्रि बन्ने तयारि रहेको छ । मोदी र भारतबाट प्रभावित भएको भनेपछि प्रस्तावित प्रधानमन्त्री कार्की आलोचित पनि बन्न पुगेकी छिन
 
राष्ट्रिय स्वतन्त्र पार्टीकी संसद सोबिता गौतम ले  सुनिरहेको छु कि संसद विघटनको षड्यन्त्र भइरहेको छ। म भ्रष्टाचारको धेरै विरोधी छु। यो राज्य प्रशासनद्वारा गरिएको हत्या हो  भन्ने कुराले फरक पार्दैन। यो अपराधमा संलग्न सबै, आदेश दिनेहरू र गोली चलाउनेहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ। भ्रष्ट मानिसहरूलाई कानूनको दायरामा ल्याउन र तिनीहरूको सम्पत्तिलाई राष्ट्रिय बनाउन सम्भव छ।  आज, नेपालका जनता सबैभन्दा शक्तिशाली छन्। नेपालका जनता यति शक्तिशाली हुनुको कारण यो हो कि , सर्वोच्च शक्ति नेपालका जनतामा छ। Gen Z   आन्दोलनमा कुनै राजनीतिक आत्मनिर्भरता छैन।Gen Z  को सन्दर्भमा, राष्ट्रिय समुदायको अन्तर्राष्ट्रिय सार्वजनिक सरकार गठन गर्न सकिन्छ। तर संसद कायम राख्नुपर्छ। अन्तर्राष्ट्रिय सरकारको कार्यान्वयनको घोषणा पछि, छ महिना भित्र नयाँ संसद स्थापना गर्न सकिन्छ। भनि उहाँले भिडियो मार्फत बताउनु भयको थियो।
सोबिता गौतम अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्डबाट सम्मानित हुनुहुँदै
भर्खरै मात्र गण्डकी प्रदेश सरकार का मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले दिनु भएको संदेश मा,
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू एवम् गण्डकी प्रदेशवासी नागरिकहरू !
गत भाद्र २३ र २४ गतेका दिन Gen-Z युवाहरूले गरेको आन्दोलनका क्रममा जीवन गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु।
देशमा भदौ २३ गते भएको मानवीय क्षतिको पीडामाथि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ । संघिय संसद भवन, सिंहदरबार परिसर, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन,प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सरकारी कार्यालय-निवास, नीजी सम्पत्ति लगायतका संरचनामा पुगेको क्षति अत्यन्त दुःखद र निन्दनीय छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत राजनीतिक दलका नेताहरूमाथि भएको अमानवीय आक्रमणप्रति गहिरो खेद व्यक्त गर्दै घोर निन्दा गर्दछु । साथै उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।
युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी छ ।
भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु ।
यो घटनाक्रमले राजनीतिक नेतृत्वलाई गहिरो आत्मसमीक्षा गर्न बाध्य पारेको छ । अब हाम्रो जिम्मेवारी भनेको जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यबाट देशलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनु हो । नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ हो, जसलाई अझ बलियो बनाउँदै हामीले नयाँ बाटो पहिल्याउनुपर्ने घडी आएको छ ।
युवापुस्ताको उत्साह, आम नागरिकको अपेक्षा र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै, गण्डकी प्रदेश सरकार ‘घर जलेपछिको खरानीलाई जग र जरैदेखि बलियो बनाउन पुँजीको रूपमा’ लिँदै शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
सुरेन्द्रराज पाण्डे – RAJDHANI KHABAR

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0