
काठमाडौं ,फागुन २८ गते
काठमाडौं महानगरपालिका क्षेत्रभित्रको वायु गुणस्तर सूचक (AQI) को जानकारी दिइएको छ।
काठमाडौं महानगरपालिकाले शहरका १८ स्थानमा वायु गुणस्तर मापन गर्ने उपकरण राखेको छ। यी उपकरणले देखाएको वायुको अवस्था महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np को ड्यासबोर्ड मा हेर्न सकिन्छ।
AQI अनुसार वायुको अवस्था
-
राम्रो (0 – 50) – हरियो रङ
-
वायु सफा हुन्छ र स्वास्थ्यका लागि राम्रो मानिन्छ।
-
-
मध्यम (51 – 100) – पहेंलो रङ
-
सामान्यतया ठीक हुन्छ तर केही संवेदनशील व्यक्तिलाई असर हुन सक्छ।
-
-
संवेदनशील समूहका लागि अस्वस्थ (101 – 150) – सुन्तला रङ
-
बालबालिका, वृद्ध र बिरामीलाई असर हुन सक्छ।
-
-
अस्वस्थ (151 – 200) – रातो रङ
-
सबै मानिसको स्वास्थ्यमा असर पर्न सक्छ।
-
-
धेरै अस्वस्थ (201 – 300) – बैजनी रङ
-
स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
-
-
खतरनाक (301 भन्दा माथि) – गाढा खैरो रङ
-
अत्यन्त जोखिमपूर्ण अवस्था हुन्छ।
-







