काठमाडौँ ,फागुन २८ गते
राष्ट्रिय मानव अधिकार आयोगले मिति २०८२/११/२७ गते प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को मानव अधिकार दृष्टिकोणबाट गरिएको अनुगमनको सम्बन्धमा समीक्षा वैठक सम्पन्न गरेको छ । वैठकमा आयोगका माननीय अध्यक्ष, श्री तप बहादुर मगर, माननीय सदस्य श्री मनोज दुवाडी, पूर्व पदाधिकारीहरु श्री शुशिल प्याकुरेल, श्री गौरी प्रधान, आयोगका सचिव श्री मुरारि प्रसाद खरेल, सहसचिवहरु, प्रदेश तथा प्रदेश शाखा कार्यालयका प्रमुखहरु उपसचिवहरु सहित सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।
वैठकमा निर्वाचन अुनगमनमा प्राप्त हुन आएका मानव अधिकारका विषयहरु र सकारात्मक प्रयासका सम्बन्धमा अन्तर्राष्ट्यि सन्धि अनुगमन महाशाखाबाट प्रस्तुत भएको थियो । साथै संलग्न पदाधिकारीहरु तथा कर्मचारीहरुबाट अनुगमनका विषय र आफ्ना अनुभवहरुका बारेमा जानकारी आदान प्रदान भएको थियो । जुम भर्चुअल सहित आयोगको सभाहलमा आयोजित उक्त वैठकमा आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरले आयोगको अनुगमन टोली ७५ जिल्लामा पुगी निर्वाचनको अनुगमन सम्पन्न गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।स्रोत :राष्ट्रिय मानव अधिकार आयोग नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0