
काठमाडौँ ,फागुन २९ गते
ग्याँस र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरपालिकाबाट निगरानी सुरु
अवस्था अवगत गराउन तथा गुनासोका लागि हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह
‘ग्याँस अभाव हुने आशंका गरेर उपभोक्ताहरुले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्याँस सञ्चिती गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यसकारण उपभोक्ताहरुलाई पनि जिम्मेवारपूर्वक ग्याँस माग गर्नुपर्छ ।’ काफ्ले भन्नुहुन्छ, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’
पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ । यसमा पनि हामीले निगरानी थालेको उहाँको भनाइ छ । ग्याँस र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ ।स्रोत :metronews.kathmandu.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

