
पोखरा ,असार १९ गते
पोखरामा रोजगार मेला (जब फेयर) सुरु भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा मेला आयोजना गरिएको हो । मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
जागिर खोज्ने र जागिर दिनेहरूलाई एकै स्थानमा भेट गराई रोजगार चाहनेलाई त्यही ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेस गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम रहेको छ ।
मेलामा नेपालका प्रतिष्ठित ५० बढी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ ।स्रोत:पोखरा महानगरपालिकाका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

