May be an image of 11 people, dais, hospital and text

मिति २०८२-०२-२४ गते
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा ले सातौं विश्व खाद्य स्वच्छता दिवस आफ्नै भवन बाट  कार्यक्रम गरि मनाएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का सूचना अधिकारि विजन श्रेठ ले मन्तव्य तथा कार्यक्रम माथि प्रकास पार्दै खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता मूल नाराको साथ विश्व खाद्य स्वच्छता दिवस कार्यक्रम राष्ट्रिय रपमा नै मनाउन गैरहेका छौं। खाध्य स्वच्छता कायम गर्न विज्ञान को महत्व निकै छ। खाद्य स्वच्छता लाइ नियमन गर्न पनि विज्ञान को अपरिहार्य हुन्छ। जुन ७ भनेको खाद्य स्वच्छता दिवस को अन्तिम तथा प्रमुख दिन हो भनेर बुझिन्छ। छैटौं दिन मा हामीले पोखरा अवस्थित स्कुलमा अध्ययन विद्यार्थीहरुलाई खाद्य स्वच्छता र पोषण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरियो । साथै डिभिजन कार्यालय दमौली द्वारा जिल्ला प्रशासन कार्यालय लमजुङमा आयोजित सरोकारवाला अन्तर्क्रिया कार्यक्रममा यस कार्यालयबाट सहभागिता जनाई खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी विद्यमान अवस्था, चुनौतीहरू र समाधानका लागि आगामी कार्यदिशाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरी लमजुङ जिल्लाका सरोकारवालाहरु मा सचेतना अभिवृद्धि गर्ने काम गरियो भनि बताउनु भएको थियो।कास्की दुग्ध व्यबसाई संघ, पोखरा कास्कीका अध्यक्ष श्री विरेन्द्र भण्डारी ले स्वच्छ खाना खान पाउनु हरेक व्यक्तिको अधिकार हो। दुध माथि कहीं कतै अनियमितता भयो भने तपाईंहरुले औँल्याइदिनु होला , हामि त्यसमा खवरदारी बढाउनेनै छौं , दैनिक उपभोग्य खाध्यहरु स्वच्छ हुनु आवश्यक छ भनि शुभकामना व्यक्त गर्नु भएको थियो। नेपाल प्रकार महासंघ कास्की का सदस्य कमल पौडेल ( अथक ) ले सत्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस लाइ शुभकाना दिंदै ,बजार मा खाध्य सामाग्रीहरु आउँदा चेक जांच नगरी विक्रिवितरण गरेको अबस्था छ , पोखरा मा वध शाला को पनि व्यबस्था नभएको र अझै खासगरी भन्ने हो भने सबै चिज ओइल्यायर जाने गर्दछ तर माछा मासु भने चिन्नै गाह्रो परेकाले कतै हामिले त्येस्तो अखाध्य पदार्थ खाएको छैनौ ,त्येसैले उपभोक्ता पनि सचेत हुनुपर्छ। खाद्य संग सरोकार राख्ने निकायहरु ले अनुगमन लाइ पनि प्रभावकारी रुपले हेरिनुपर्ने र उत्पादन , विक्रिवितरण गर्ने निकाय अझै बढि सतर्क रहनुपर्ने बताउनु भएको थियो। खा.प्र. तथा गु.नि, डिभिजन कार्यालय, बाग्लुङ्ग का कार्यालय प्रमुख, श्री प्रेम अर्याल ले सत्रौं राष्ट्रिय खाद्य स्वच्छता दिवस सप्ताहव्यापी मनाउने क्रममा छैटौं दिन खाद्य तथा दाना उत्पादनहरूको निगरानी नमूना सङ्कलनसँगै संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग र दाना बजारको निरीक्षण गरेका थियौं। चौथो दिन बागलुङ स्थित प्रिसियस एकेडमी बागलुङका विद्यार्थीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर बारे जानकारी गरायौं ,अझै थप अनुगमन लाइ बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा को कार्यालय लाइ गाइड बडि बनाएर अघि बढ्ने नै छौं भनि शुभकामना दिनु भएको थियो। नेफोष्टा पोखरा च्याप्टर, पोखरा कास्कीका सचिव श्री महेश बराल ले स्कुल क्षेत्र बाट नै  खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी जनचेतना फैलाउन सकियो भने खाध्य स्वच्छता कायम गर्न गराउन धेरै नै टेवा पुर्याउन सकिन्छ भन्दै शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। पोखरा दुग्ध प्रशोधन व्यवसयी संघ, पोखरा कास्कीका अध्यक्ष  श्री पून्य प्रसाद पौडेल ले शुभकामना मन्तव्य दिंदै उहाँले खाद्य स्वच्छता कायम गर्न सबै टिम मिलेर गर्न सकियो भने पक्कै पनि रामो हुन्छ। कृषि मन्त्रालय बाट किसानहरुले के के उत्पादन गरे , उनीहरुले उत्पादन गरेको बस्तुहरु मा के कति विषादी प्रयोग भए, त्येसको अनुगमन ,निरीक्षण गरिनु पर्दछ। उत्पादकहरूले पनि आँफुले उत्पादन गरेका बस्तुहरु राम्रो हो या होइन भनेर पहिचान गरि गुणस्तरीय बस्तुको उत्पादन गर्नु आजको आबस्यक ठहर गर्नु भएको थियो। कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका खा.अ.अ. श्री कुमार भण्डारी ले खाद्य स्वच्छता दिवस कार्यक्रम लाइ शुभकामना मन्तव्य दिंदै उहाँले सबै स्टेक होल्डर मिलेर अघि बढ्नु पर्ने आँल्याउनु भएको थियो।  खाद्य स्वच्छता कायम गर्न तिनै तहका सरकारहरुको महत्वपूर्ण जिम्वेवार रहेको बताउनु भएको थियो। हामीले नियमन गरेर मात्र खाद्य स्वच्छता कायम गर्न सकिदैन त्येसका लागि सुपरिवेछण गर्नु पर्दछ। स्थानिय सरकारले सुपरभाइज गर्ने र दिशा निर्देश गर्नु पर्दछ। खाध्य व्यबस्थामा जोखिम र चुनौती बढ्दै गैरहेको छ। स्वच्छता कायम गर्न हामि सबै एक जुट भै लाग्नु पर्ने औल्याउनु भएको थियो। खा.प.तथा गु.नि. डिभिजन कार्यालय, तनहुँका खाद्य प्राविधिक, श्री अनुषा खरेल ले विश्व खाद्य स्वच्छता दिवस २०२५ को अवसरमा नवलपुर जिल्ला गैँडाकोट नगरपालिका स्थित होटल रिभर क्राउनमा सम्पन्न खाद्य व्यवसायीसँग खाद्य स्वच्छता सम्बन्धी कार्यक्रम गरेको ,नवलपुर जिल्ला गैँडाकोट नगरपालिकामा मुकुन्दसेन मौलाकालिका होटल संघ ले आयोजना गरेको अभिमुखीकरण तालिम कार्यक्रममा होटल व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर बारे तालिम दियो ।
साथै राजमार्गका केही होटल पसल तथा संवेदनशील खाद्य पदार्थ आइसक्रिम र बेकरी उद्योगको समेत अनुगमन निरीक्षण पनि गरेको भन्दै शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। नेपाल घरेलु तथा साना उधोग महासंघ कास्की का अध्यक्ष श्री भानु भण्डारी क्षितिज ले खाद्य स्वच्छता कायम गर्न हाम्रो राज्यले चाहेर पनि वातावरण कायम गर्न सकेको छैन। तर राज्य ले मात्र गरेर हुदैन , हामि व्यबसायी , उत्पादकहरु ,र उपभोक्ता आफैले खानेकुरा छुट्ट्याउन सक्नु पर्ने छ। हामीले उपादान गर्दा खाध्य स्वछातालाइ ध्यान दिनु जरुरि छ। उत्पादन मै स्वच्छता हुनुपर्दछ। हामीलाई कसैको स्वास्थ्यमा खेलबाड गर्ने अधिकार हुँदैन। हामि ले साझा अभियान चलाउँ, हामि आँफु बाटै शुरुवात गरौँ भन्दै खाद्य स्वच्छता दिवस कार्यक्रम को शुभकामना दिनु भएको थियो।

पोखरा उद्योग वाणिज्य संघ, पोखरा कास्कीका बरिस्ठ उपाध्यक्ष श्री उत्तमान बुद्दचार्य ले शुभकामना ब्यक्त गर्दै ,उहाँले मान्छे जन्मेदिखी मरण सम्म गुणस्तरीय खाध्य पदार्थ चाहिन्छ। गुणस्तरीय खाध्य पदार्थ कायम गर्न संसारभरका वैज्ञानिकहरु लागिपरिरहेका छन्। तर पनि खाध्य स्वच्छता कायम गर्न कठिन नै परेको छ। व्यबसायीहरू खाध्य स्वच्छता बनाउन लागिपरिरहेको पनि देखिन्छ , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा ले पनि नियमन र अनुगमन गरिरहेकै छ। तर अझै पनि पूर्ण रुपमा शुद्द खानेकुरा पाउन सकिरहेको छैन। स्कुलहरु मा पनि जनाचेताना फैलाउन आबश्यक छ। स्कुलमै करिकुलम राखेर जनचेतना फैलाउने काम गर्नु पर्ने अबस्था छ। खाध्य पदार्थ स्वच्छ छ कि छैन त्येसलाई जाँच्ने APP को व्यबस्था राज्य  बाटै गर्नु पर्ने देखिन्छ , भनि बताउनु भएको थियो। विशेष अतिथि समेत रहनु भएका पोखरा विज्ञान तथा प्रविधि क्याम्पस, पोखरा कास्की का प्रमुख, श्री हरि खनाल ले खाद्य स्वच्छता दिवस को शुभकामना ब्यक्त गर्दै अहिलेको नारा बलियो र महत्वपूर्ण छ। प्रोडक्सन सेफर भयो भने दैनिक उपभोग गर्ने खाध्य पदार्थ खान योग्य हुन्छ। फुड चैन मेन्टेन गरयौं भने फुड सेफ रहन सक्छ। अनि हामीले स्वच्छ खानेकुरा खान पाउँछौं भनि बताउनु भएको थियो।

राष्ट्रिय उपभोक्ता मंब कास्कीका अध्यक्ष्य श्री राजेन्द्र लिगल ले खाद्य स्वच्छता दिवस कार्यक्रम लाइ शुभकाना दिंदै उहाँले कुनै पनि चिज Proof गर्न विज्ञान नै चाहिन्छ। प्रकृति ले हामीलाई अखाध्य बस्तु दिएकै छैन ,तर त्येसलाई प्रयोग गर्दा स्वच्छ खाध्य पनि अखाध्य बन्न पुगिरहेको अबस्था छ। व्यापारीहरु पनि आँफुलाई फाइदा को लागि खाद्य स्वच्छता लाइ ध्यान दिन खोज्दैन। त्येसको असर उत्पादक स्वयम र उपभोक्ता लाइ नै पर्छ। खाद्य स्वच्छता को बारेमा जनचेतना जगाउन खोज्नु सबै भन्दा पुण्य कार्य भएको बताउनु भएको थियो। कार्यक्रम लाइ समापन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय-पोखरा का प्रमुख बरिस्ठ खाध्य अनुसान्धान अधिकृत श्री नवराज दाहाल ले  खाद्य स्वच्छता दिवस कार्यक्रम लाइ शुभकामाना व्यक्त गर्दै हाम्रो कार्यालय मा बजेट को कमीले गर्दा यौटा सानो हल मा गर्नु परेको जसले गर्दा खाद्य स्वच्छता लाइ अझै प्रभावकारी रुपमा जनाचेताना बढि फैलाउन नसकेको जिकिर गर्दै , आँफु र आफ्नो कार्यालय बाट केहि कमि कमजोरी भए आँफुले सच्यार लैजाने प्रण व्यक्त गर्नु भएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0