पोखरा असार ३१ गते
जुवातास खेल्ने ५ जना मानिस पक्राउ परेका छन्।
मिति २०८२।०३।३० गते अं. १७:३० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गा.पा. ७ फेदी स्थितमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ फेदी स्थितबाट जुवातास खेलिरहेका ५ जना व्यक्तिहरुलाई नगद रु.७३,४१०।- (अक्षरुपी त्रिहत्तर हजार चार सय दश) र ४ बुक तास सहित पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण :-
१) जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ७ फेदी बस्ने बर्ष ४१ को बिनोद गुरुङ,
२) जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ७ फेदी बस्ने वर्ष ५३ को धिर बहादुर गुरुङ,
३) जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ७ फेदी बस्ने वर्ष ४७ को कृष्ण बहादुर गुरुङ,
४) जिल्ला कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ८ ल्वाङघलेल बस्ने वर्ष ४० को चन्द्रमान तामाङ,
५) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २५ सुईखेत बस्ने वर्ष ४० को गंगा बहादुर थापा,
जिल्ला प्रहरी कार्यालय कास्की
प्रवक्ता तथा सूचना अधिकारि
प्र.ना.उ. हरि बहादुर बस्नेत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1