पोखरा ,चैत्र ६ गते
माघमा आधारित व्यवसायिक मौरीपालन तालिम  सम्पन्न भएको छ ।
कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटन ५ पोखरा को आयोजना मा  २०८२ चैत्र १ गतेदेखि २०८२ चैत्र ६ गतेसम्म  कृषक स्तर मौरीपालन तालिम सम्पन्न  भएको हो । उक्त तालिम मा ,मनाङ जिल्ला बाहेक गण्डकी प्रदेशका सबै जिल्लाका मौरी पालक किसानहरु  सहभागी भै तालिम लिएका थिए। तालिम मा  ३४ पुरुष र  १७ महिला गरि ५१ जना तालिमा सहभागी थिए। ती मध्य १२ जना जनजाति  र २ जना दलित मौरीपालन किसानहरु ले तालिम लिएका थिए। तालिम को संयोजक मा  कृषि प्रसार अधिकृत विपना गिरी र  बागवानी विकास अधिकृत मन्जु अधिकारी ले संयोजन गर्नु भएको थियो। तालिमका विषयवस्तु भने मौरीको परिचय ,मौरीको जीवनचक्र, मौरी गोला समायोजन विभाजन , मौरी गोलामा देखापर्ने विभिन्न रोग तथा किराहरू र तिनीहरूको व्यवस्थापन लगायत मौरी घार सरसफाई एवं व्यवस्थापन, मौरी घार स्थानान्तरण, वित्तपाते मौरीको परिचय साथै कृत्रिम आहारका बारेमा सैद्धान्तिक एवं अन्य व्यवहारिक कक्षाहरू समावेश गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0