
असार ,१९ गते
उत्कृष्ट शैक्षिक नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार, संस्थागततर्फ सम्मान
‘सामुदायिक शिक्षाको गुणस्तर सुधार गरेर सामुदायिक विद्यालयहरुबाटै दक्ष जनशक्ति उत्पादन गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ । यस्तै संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८२ मा प्राप्त नतिजाका आधारमा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनसहित अधिकारीहरुले सम्मान प्रदान गर्नुभएको हो ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

