
काठमाडौँ, फागुन ११ गते
काठमाडौँ महानगरपालिकाका नगरप्रमुख र उपप्रमुख, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक र प्रधानाध्यापकहरूसँग शिक्षा विभागले अन्तरक्रिया गरेको छ । बैठकमा विद्यालयको नतिजा सुधार, दरबन्दी मिलान, पूर्वाधार मूल्यांकन, ICT मूल्यांकन, शिक्षक तलब भुक्तानी, तालिम, पुरस्कार, ‘Book Free Friday,’ ‘Skills in Education’ जस्ता महत्वपूर्ण विषयहरूमा चर्चा भएको छ ।
बैठकमा शिक्षा सुधारका पहलहरू, विद्यालय व्यवस्थापनको सुदृढीकरण, र शिक्षकहरूको विकास जस्ता प्रमुख विषयहरूमा विचार विमर्श गरिएको छ भने नगरप्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयहरूको स्तरवृद्धि र सुधारमा महानगरको प्रतिबद्धता र प्राथमिकता व्यक्त गर्दै यी पहलहरूले शिक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

