पोखरा फागुन ११ गते

मिति २०८१।११।१० गते अं.१४:०० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे
गाँउपालिका वडा नं.०८ बस्ने वर्ष ५९ का मान बहादुर वि.क.ले अवैध रुपमा हातहतियार
तथा खरखजाना लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय
बगर कास्कीबाट खटिएको प्रहरी टोलिले निजको घरकोठा रितपुर्वक खानतलासी गर्दा अबैध
रुपमा राखिएको एक नाले भरुवा बन्दुक २ थान, सोही बन्दुकमा लाग्ने बारुद जस्तो देखिने
कालो पदार्थ समेत फेला पारी हातहतियार तथा बारुद समेत नियान्त्रणमा लिई निजलाई
सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दिन
पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0