काठमाडौँ ,बैसाख २४ गते
कार्यकारी प्रमुख ई. दिनेश भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ। उक्त अवसरमा उहाँहरुबीच यस वर्षको मनुसन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाको तयारी, सबैका लागि पूर्व सूचना #EW4ALL प्रणालीको कार्यान्वयन अवस्था तथा नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरुबीचको समन्वयलगायतका बारेमा छलफल भयो।
सो अवसरमा प्राधिकरणका सहसचिवद्वय रोशनी कुमारी श्रेष्ठ र ई. अर्जुन कुमार बम तथा राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयका जलवायु र विपद जोखिम न्यूनीकरण बिज्ञ डा. पपुलर जेन्टल लगायतको उपस्थिति थियो। स्रोत :National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0