
काठमाडौं,बैसाख २४ गते
मिति २०८२/०१/२३ गते, अ. १८:१५ बजेको समयमा विशेष
सूचनाको आधारमा यस जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको
प्रहरी टोलीले जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २४
स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रीतपूर्वक
खानतलासी गर्दा तपसिल बमोजिमका व्यक्तिहरूलाई नगद रु.
४०,३२,५००।– (अक्षरेपि चालीस लाख बत्तीस हजार पाँच सय)
हुन्डीको रकम सहित फेला पारी निजहरूलाई उक्त रकम र निम्न दसीका
सामानहरूसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।
पक्राउ परेका प्रतिवादीहरू
१. देश भारत, कलकत्ता 6/D North Road यादवपुर घर भइ
काठमाडौं महानगरपालिका २३
ओमबहाल बस्ने वर्ष ६७ को सुरज दत्त ।
२. जिल्ला रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरी
नगरपालिका १५ तिनथाना बस्ने वर्ष ६३
को धर्म प्रसाद ढकाल ।
बरामद दसीः
१. १००० दरको ४०२० ओटा रु. ४०,२०,०००।– (अक्षरेपि चालीस
लाख बीस हजार रुपैयाँ)
२. ५०० दरको २५ ओटा रु. १२,५००।– (अक्षरेपि बाह्र हजार पाँच
सय रुपैयाँ)
३. Samsung कम्पनीको A55 मोबाइल थान – १
४. Samsung कम्पनीको A50 मोबाइल थान – १
मिति :
२०८२।०१।२४ गते
५. विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को हस्ताक्षर मात्र
गरेको खाली चेक थान – २
६. विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को चेक थान – १९
७. विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को पासबुक थान

