
पोखरा ,असार २० गते
अन्तर्राष्ट्रिय स्पाेटर्स दिवसको अवसरमा सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयकाे सहयोग र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आयोजनामा एक दिवसिय खेलपत्रकार हरुकाे क्षमता अभिबृध्दि कार्यक्रम को पत्रकार सम्मेलन साईमन पार्टी प्यालेस,सृजनाचाेक मा ‘ मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबि आस्था )को अध्यक्षतामा सम्पन्न भएको छ । सम्मेलन मा राजाराम पौडेल ले गण्डकी खेलकुद पत्रकारहरु मा आगामी दिनमा भएको कमिकमजोरी लाई हटाएर थप क्षमता अभिबृध्दि गर्नको लागि यो तालिम राखीएको बताउनु भएको थियो। कार्यक्रम मा प्रेस काउन्सिल का सदस्य केशव शरण लामिछाने ले export बाट नै खेलपत्रकार हरुकाे लागि क्षमता अभिबृध्दि कार्यक्रम गरिने भएको ले पक्कै पनि फरक क्षमता अभिबृध्दि गर्न मद्दत मिल्ने बताउनु भएको थियो। कार्यक्रम को प्रमुख अतिथी समेत रहनु भएका खेलकुद परिषद् गण्डकी का उपाध्यक्ष श्री ध्वज कुमार गुरुङ ले खेलकुद भनेको रास्ट्रको प्रतिष्ठ। लाइ उच्च बनाउने माध्यम हो। खेल पत्रकारिता भनेको हरेक नागरिकलाई आवाज दिने , आवज बुलन्द गर्ने , ज्ञान दिने मुख्य माध्यम बनेको बताउनु भएको थियो। खेल पत्रकार ले खेलहरुलाइ incourage गर्नको लागि , खेलाडीहरुलाइ प्रोत्साहन गर्नका लागि , खेलकुदको नीति नियम बनाउन का लागि सरकारलाई ध्यानाकर्षण गराउन मद्दत समेत मिल्ने बताउनु भएको थियो। उहाँ ले प्रदेश खेलकुद क्षेत्रहरुका लागि नियमित जस्तै गरेर खेलकुद परिषद् गण्डकी ले सहयोग गर्दै आइरहेको बताउनु भएको थियोे । उहाँ ले २० र २१ गते हुने यस खेल क्षेत्रका लागि पत्रकारहरूलाई ‘क्षमता अभिवृद्धि तालिम’ को सव्य र भव्य रुपमा सम्पन्न हुने आशा व्यक्त गर्नुभएको थियो। खेलपत्रकार हरुकाे क्षमता अभिबृध्दि कार्यक्रम मा तिन जना खेल क्षेत्रका export हरुले तालिम दिनु भएको थियो। कृकेट को बारेमा रिजन प्रजुले तालिम दिनु भएको थियो भने , एथलेटिक्स खेल क्षेत्रका लागि तालिम सिद्धान्त अधिकारी ले दिनु भएको थियो , साथै भलिबल को तालिम राजन पौडेल ले दिनु भएको थियो। उहाँहरुले खेल खेल्दा , खेलहरुमा technical news आओस , खेल खेल्दा को नियम , खेलमा हुने नियम को बारेमा बताउनु भएको थियो । कार्यक्रम संचालन नेपाल खेलकुद पत्रकार मञ्च का सद्स्य पशुराम शर्मा ले गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

