काठमाडौं ,चैत्र १२ गते

नेपाल मेडिकल कलेजमा इदको शुभकामना आदानप्रदान

नेपाल मेडिकल कलेजमा इदको शुभकामना आदानप्रदान
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पावन पर्व इदको अवसरमा नेपाल मेडिकल कलेजका शुभकामना आदान प्रदान गरियो । कलेजको स्वास्थ्य तर्फ हाम्रो प्रयास (OATH) ले आयोजना गरेको कार्यक्रममा इद पर्वसँग चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी हुनुहुन्थ्यो । अध्यक्ष अन्सारीले सो अवसरमा इद पर्वको महत्वका बारेमा प्रकाश पार्दै सबै धर्मले सत्य, न्याय, शान्ति र सदभावको सन्देश व्यक्त गर्ने बताउनु भयो । इद पर्वले पनि परिवार, आफन्त र समाजमा आपसी सद्भाव, भाइचारा तथा शिष्टता अभिबृद्धिमा टेवा दिने बताउँदै शुभकामना दिनुभयो । साथै, उहाँले चिकित्सकीय पेशामा रहनेहरु कुनैपनि धर्म, समुदायबाट माथि उठेर बिरामीको सेवामा दत्तचित्त हुनुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष अन्सारीले संसारमा महिला र पुरुष मात्र दुई जाति रहेको चर्चा गर्दै धर्म, जातजाति विच कुनै विभेद हुन नहुने तर्क गर्नुभयो ।
यस्तै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले इद पर्वको महत्व दर्शाउँदै आउनु एक महिना अगाडी देखि दिनभर पानी समेत सेवन नगरीकन रोजा बस्ने, बिहान सुर्योदय अघि र बेलुका सुर्यास्त पश्चात भोजन गर्ने नियम रहेको बताउनु भयो । उहाँले इद पर्वका अवसरमा वर्षभर कमाएको केही अंश आफुभन्दा कमजोर व्यक्ति र परिवारलाई पनि दान गरी उनीहरुलाई समेत इद पर्वको खुसीयालीमा सहभागी गराउनु अर्को सकारात्मक पक्ष रहेको चर्चा गर्नुभयो । कुनैपनि धर्म, सम्प्रदायले समाज, राष्ट्रको विकास र उत्थान गर्ने जिकीर गर्दै प्रबन्ध निर्देशक डा. यासविनले इद पर्वको शुभकामना दिनुभयो ।
कार्यक्रममा कलेजका विद्यार्थीहरुले आकर्षक गीत, नृत्य प्रस्तुत गरेका थिए ।
इद पर्वको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनहरुमा सुखः शान्ति र समृद्धिको हार्दिक शुभकामना ।स्रोत :Nepal Medical College
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0