
पोखरा ,बैशाख १६ गते
श्रम तथा रोजगार कार्यालय, पोखरा ले १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ।
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को सन्दर्भमा श्रम कानून तथा श्रम सम्वन्धि विविध विषयमा जिल्ला समन्वय समिति कास्कीको बैठक हल मा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ। उक्त कार्यक्रम को प्रस्तुतिकरण कारखाना निरीक्षक इश्वरमणि भण्डारी ले गर्नु भएको थियो। उहाँले गण्डकी प्रदेशका ११ जिल्ला मा कार्यक्षेत्र भएको श्रम तथा रोजगार कार्यालय पोखराले विशेष गरी श्रम ऐन, २०७४ तवा बम नियमावली, २००७४, ट्रेड युनियन ऐन, २०४९, ट्रेड युनियन नियमावली, २०५० र बालश्रम (निषेध र नियमित गर्नेः ऐन, २०५६ तथा नियमावलीको कायर्यान्वयनमा जोड दिइएको छ।
हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०% समेत कार्यान्वयनको अवस्थामा रहेको छ।न्यूनतम पारिश्रमिक, भत्ता वा सामूहिक सम्झौता बमोजिम पाउनुपर्ने सुविधा तथा प्रचलित नेपाल कानूनले श्रमिक तथा रोजगारदातालाई प्रदान गरेको अधिकार कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने, श्रमिक तथा रोजगारदातालाई आवश्यक तालिम प्रदान गर्नका लागि प्राविधिक सहयोग मागेमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने, अस विवाद समाधान (व्यक्तिगत र सामूहिक) गर्ने, उद्योग, परिष्ठानहरुको अनुगमन तथा निरीक्षण गर्ने, पेसर नफत प्रष्ट निरीक्षण र सञ्चालन इजाजतपत्र जारी तथा नविकरण गर्ने, वालश्रम निरीक्षण तथा उद्दार कार्य, धमिक जागतिकता कम्पनी निरीक्षण इजाजतपत्र जारी तथा नवीकरण गर्ने, म्यानपावर कम्पनीहरुको गाथा कापायहरुको अनुगमन तथा निरीक्षण गर्ने कार्य गर्दै आएको छ ।
२०७४ पौष देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुन् २००२र्तिक देखि वैदेशिक रोजगारीको लागि तया संस्थागत तथा व्यक्तिगत श्रम स्विकिर्त दिने कार्य समेत गर्दै आएको बताउनु भएको थियो । साथै उहाँले श्रम /रोजगार विषय मा ध्यान दिनुपर्ने कुराहरु औल्याउनु भएको थियो त्यस अन्तर्गतरोजगार सम्झौता गरेर मात्र काम गरौं/गराऊँ नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको कार्यान्वयन गरौं।श्रम कानुनको पर्याप्त मात्रामा जानकारी राखौ। श्रम कानुनको पूर्ण पालना गरौं। व्यवासयाजन्य सुरक्षा तथा स्वास्थ्यमा ध्यान दिउँ।सुमधुर श्रम सम्बन्धको स्थापना गरौं। सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरौं। प्रेसर भेसल तथा बोइलरको संचालनको इजाजतपत्रलिई संचालन गरौं। हप्तामा ७२ घण्टा भन्दा बढी कसैलाई पनि काममा नलगाऊँ।सबै पक्षबाट श्रमको सम्मान गर्ने प्रवृत्तीको विकास गरौं जनचेतना बढाऔं। सरकार, रोजगारदाता र श्रमिक वीचमा त्रिपन्नीय सम्वन्ध र समन्वय जोड दिऔं ।
श्रम अडिट समयमै गरी कार्यालयमा दर्ता गराऔं। उहाँले कार्य संचालनमा देखिएका कठीनाई तथा कार्यालयका समस्याहरु अन्तर्गतश्रम तथा रोजगार कार्यालय अर्घ न्यायिक निकाय भएकाले कानूनको कर्मचारीको व्यवस्था नहुँदा मुद्दा सम्बन्ध कार्यमा कठिनाई। FEIMS/ILMIS सिस्टममा बेला बेला सर्भरमा समस्या आउने।प्रतिष्ठानहरुले प्रेपर प्लान्टको विवरण समयमै नदिँदा नविकरणमा समस्या रहेको। श्रम अडिट नभर्ने तया नबुझाउने समस्या रहेको तथा अनौपचारिक क्षेत्रको विवादमा विपक्षी रोजगारदातालाछलफलमा बोलाउदा कतिपय उपस्थित नहुने । रोजगार सम्झौता नहुने र कारवाहीको अधिकार कार्यालयमा निहित नरहेको । न्युनतम पारिश्रमिकको कार्यान्वयनमा समस्या ।भौगोलिक कठिनाई र ज टिलता।बालबालिकाको उद्दार र पुनर्स्थापनामा कठिनाई। वैदेशिक रोजगार ठगी कानूनी उपचारका लागि काठमाडौमा मात्र (वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायाधिकरण) श्रम स्वीकृतिका लागि आवश्यक कागजात र प्रक्रिया पूरा नहुनु/फर्जी कागजातहरु पेश गर्नु रहेको बताउनु भएको थियो।
इश्वरमणि भण्डारी लेकार्यालयबाट सम्पादित मुख्य कामहरु बारे बताउनु भएको थियो। जस अन्तर्गत श्रम विवाद समाधान (व्यक्तिगत र सामूहिक) ट्रेड युनियन दर्ता र नवीकरण श्रमिक आपूर्तिकर्ता इजाजत दर्ता र नवीकरण प्रतिष्ठान अनुगमन/निरीक्षणवालश्रम सम्वन्धि अनुगमन उद्धार तथा कारवाही न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको कार्यन्वयनरोजगार सम्झौताको कार्यान्वयन श्रम अडिट संकलन वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति प्रदान प्रेसर प्लान्ट तथा वोइलरको इजाजतपत्र जारी र नवीकरण श्रम कानुन सम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरिने बताउनु भएको थियो।श्रम तथा रोजगार कार्यालय, पोखरा ले चैत्र मसान्त सम्म मा गरेको काम बारे उहाँले बताउनु भएको थियो।
जस अन्तर्गत बालश्रम उहार- १० जना बालबालिका,-रु ९९,२०० पारिश्रमिक दिलाएको,-रु १,००,००० दण्ड जरिवाना गरेको (बालश्रम (निषेध र नियमित) गर्ने ऐन २०५६ बमोजिम्) सामाजिक सुरक्षा कोषको पोखरा कार्यालय सँगको समन्वय तथा सहकार्यमा सामजिक सुरक्षा कोष सम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा अनुगमन/निरीक्षण गरिएको,श्रम शिक्षा र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि विभिन्न स्थानमा ५ वटा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको,श्रम कानून/ बालश्रम् / न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोप सम्वन्धमा टेलीभिजन कार्यक्रममा उपस्थित भई जानकारी गराएको,भाद्र २३ र २४ गतेको जेन-जी आन्दोलनका आझमा कार्यालयमा भएको आगजनी तोडफोडबाट क्षति हुनगएको भौतिक संरचना पुनः मर्मत सम्भार गरी संचालनमा ल्याइ सेवा प्रवाह सुचारु गरिएको,विभिन्न गैर सरकारी संस्थाहरु सँगको सहकार्यमा वालश्रम सम्बन्धि अनुगमन तथा उद्धारको काम गरिएको,प्रतिष्ठानहरुको दैनिक अनुगमनलाई तिव्रता प्रदान गरी भोहिदिन विभागलाई प्रतिवेदन गर्ने कार्यको सुरुवात गरी निरन्तरता दिईएको,१ वटा प्रतिष्ठानबाट श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक लिने सम्बन्धुमा वोलपत्र वा सम्झौतालाई न्यूनतम पारिश्रमक भन्दा कम भएको हुँदा दफा ५८ बमोजिम १ वटा बोलपत्र/सम्झौता रद्द गर्न सिफारिस गरिएको बताउनु भएको थियो।
उक्त कार्यक्रम को समापन गर्दै वरिष्ठ श्रम अधिकृत श्रम तथा रोजगार कार्यालय, पोखरा का चण्डिका पौडेल ले खासगरि श्रम तथा रोजगार कार्यालय, पोखरा ले गरिने कार्य भनेको न्युनतम पारिश्रमिक बारे प्रत्याभूति दिलाउने ,श्रमिक र रोजगारदाता बिच को प्रभावकारी समन्वय हुनुपर्ने मा जोड , श्रम संग जोडिएका नीति नियम बारे जानकारी दिलाउने ,आवश्यक परे कामकारवाही अगाडी बढाउने ,रोजगार दाता र श्रमिक विचमा हुने विवादको समस्या सामाधान गराउने प्रयास दिलाउने ,इजाजत पत्र दिने ,बालश्रम निरीक्षण गरिने ,बालश्रम भयका ठाउंहरुमा नियमन गर्ने ,योगदान मा आधरित सामाजिक सुरक्षा लाइ विशेष जोड दिने ,जसबाट श्रमिक को हितमा ठुलो मद्दत पुग्ने छ। श्रमिक आपुर्तिकर्ताको इजाजतपत्र नविकरण गर्ने ,रोजगारी को लागि जाने कामदारहरुको श्रम स्वीकृति काम कारवाही हुने आदि बारे जानकारी गराउनु भएको थियो।

