पोखरा ,चैत्र २१ गते
कालिका बहुमुखी क्याम्पसमा शुभकामना तथा विदाइ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका १४, काजीपोखरीस्थित प्रतिष्ठित शैक्षिक संस्था कालिका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत वि‌द्यार्थीहरूलाई आवनात्मक वातावरणबीच सम्मानपूर्वक विदाइ गरिएको छ । कक्षा ११ का वि‌द्यार्थीहरुको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले शैक्षिक जीवनको एक महत्वपूर्ण अध्याय समापन गर्दै नयाँ यात्राको थालनीतर्फ अग्रसर वि‌द्यार्थीहरूलाई उत्साह, प्रेरणा र शुभकामनाले भरिपूर्ण बनाएको थियो ।
क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा ११ का छात्रा सन्ध्या थापाको सभापतित्व रहेको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना युवराज गुरुङ, शिक्षा विभाग प्रमुख लोकनाथ सुवेदी, मानविकी विभाग प्रमुख सूर्यराज पौडेल, उप_प्राध्यापकहरु, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. गौतमले विद्यार्थीहरुलाई आगामी बोर्ड परीक्षामा सफलताको शुभकामना व्यक्त गर्दै जीवनमा शिक्षा नै सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्नुभयो । उहाँले वि‌द्यार्थीहरूलाई आत्मविश्वास, परिश्रम र नैतिक मूल्यमान्यताका आधारमा आफ्नो भविष्य निर्माण गर्न प्रेरित गर्नुका साथै आज सिकेका ज्ञान र सीपहरूले नै भोलिको मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0