काठमाडौँ,असार २५ गते
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन हुनुभएको छ । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो ।एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँर्ने विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बन्नुभएको थियो ।
काठमाडौमा जन्मनुभएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा हुनुहुन्छ । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रवलीकरणमा दख्खल राख्नुहुने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँ हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेलाई सपथ ग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो ।
बुधवार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन वात्र मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता काकी, निवांण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिधानिया, अमन कुमार वेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निवाचित हुनुभएको छ। यसैगरी सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग  गोयल, धुर्व रिजाल, सन्जय
गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक निर्वाचित हुनुभएको छ । यस्तै गोकुल भण्डारी, वसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित हुनुभएको छ ।यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद त्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य हुनुभएको छ ।
वन्नुभएको छ । यस्तै मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यन मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केवी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पौन्दरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य हुनुभएको छ ।निवाचित राष्ट्रिय परिषद सदस्यहरुवाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन हुनुभएको छ ।
परिसघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षहरुमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित हुनुभएको छ।
ननिर्वाचत अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो ।
त्यसअघि परिसंघ अध्यक्षको पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धीहरुलाई सस्थागत गर्दै थप नयाँ उचाईमा पुर्याउन सक्रिय रुपमा लाग्ने बताउनुभयो ।
उहाँले निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।
यसअघि मंगलवार आयोजित साधारण सभा समुद्घाटन समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डवाट परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिस कुमार मोर सम्मानित हुनुभयो ।
सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । बाफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आर एम.सी. फुडस् प्रा.लि., गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रा.लि. सम्मानित भएका छन् । यसैगरी तेस्रो मुलुकतर्फ नियतिमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एण्ड लजिप्टिक प्रा.लि., एसेन्ट् एक्पोंट्स प्रालि, स्मुथ कागों मुभरर्स प्रा.लि सम्मानित भएका छन् । यस्ते इन्डी नेपाल अन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रालि, रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लाष्टिक इन्डष्ट्रिज लिमिटेड सम्मानित भएका छन् ।यसैगरी सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी सवैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलचे प्राप्त गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0