पोखरा ,श्रावण २९ गते

लेखनाथ उद्योग वाणिज्य संघ को नयाँ नेतृत्व  मा  जानुका अधिकारि पराजुलीको  टिम घर–दैलो मा व्यस्त

लेखनाथ उद्योग वाणिज्य संघमा रुपा,मादी र साविक लेखनाथका सम्पूर्ण व्यवसायीहरुलाई एउटै छाता भित्र अट्न सक्ने गरीदायरा र वातावरण सिर्जना गर्नु पर्दछ भन्ने मान्यता अध्यक्ष का प्रत्यासी  जानुका पराजुली अधिकारी को टिम ले  अडान राखेको छ। एकता र आत्मविश्वासका लागि अनुभवी,बौद्धिक र एक परिपक्क समावेशी नेतृत्व लिएर यही भदौको २० र २१ गते हुने संघको १५ औं अधिवेशन तथा २९ औं वार्षिक साधारण सभामा उम्मेदवारी प्रस्तुत गरेका हुन्। विकासका कुरा नगर्ने ,  नीतिका कुरा गर्ने , समस्या नदेखाउने समाधान खोज्ने ,  सरोकारवालासँग समन्वय  गर्ने  र संभावनाका आधारहरु खोज्ने  र त्यही आधारबाट उद्यमशीलता र रोजगारी सिर्जनाका योजना बुन्ने अध्यक्ष का प्रत्यासी  जानुका पराजुली अधिकारी टिम को दृढ संकल्प रहेको छ। कोभिडका समय मा कैयन राम्रा व्यवसायीहरु पलायन भयका र केहि  व्यवसाय धरासायी र विस्थापित हुँदा  अपुरणीय आर्थिक क्षति खेप्नु पर्दा र व्यवसायीहरु माथि    राज्यका नीति र कर एवम् राजश्व मैत्री नहुँदा व्यवसायीहरु पीडादायी बन्न पुगेको अबस्थालाई   नजिकबाट चिनेको , र व्यवसायीहरु प्रति  अथाह विश्वास र भरोषा का साथ अनुभवी, निष्ठावान, बौद्धिक र संघप्रति उत्तरदायी एवम् जवाफदेही  का lसाथ  प्रतिवद्धताहरु सहित अध्यक्ष का प्रत्यासी  जानुका पराजुली अधिकारी को समूह  निर्वाचन मा उठेको उनीहरुको ठहर छ ।


(.१ …) अध्यक्षः जानुका पराजुली अधिकारी

(.२ …) बरिष्ठ उपाध्यक्षः गोपीचन्द्र बास्तोला

(..३ ..) प्रथम उपाध्यक्षः विक्रम कर्माचार्य

(..४ ..) द्धितिय उपाध्यक्षः ध्रुवबाबु भट्टराई (आई.डी.)

(…५ .) महासचिवः भरत राज ओझा

(..६ ..) उप-महासचिवः गंगा कुमारी मल्ल

(.७ …) कोषाध्यक्षः हरि बस्ताकोटी

महिला सदस्य

(.८ …) सर्मिला श्रेष्ठ

(.९ …) गंगा परियार

खुल्ला सदस्य

(..१० ..) प्रतिक्षा रानाभाट

(.११ …) प्रभा कुमारी पौडेल लामिछाने

(.१२ …) विरेन्द्र राज भुर्तेल

(.१३ …) भविन्द्र पुन (भविन)

(..१४ ..) सुजन न्यौपाने

(.१५ …) दिपक अधिकारी

(..१६ ..) कृष्ण प्रसाद तिमिल्सिना

( १७… ) सन्दिप बुढाथोकी

उनीहरुका २३ प्रतिवद्धताहरु अन्तर्गत :

 

 

१। संघमा आवद्ध ८ बस्तुगत, ५० एशोसियट र १९६१ साधारण सदस्य गरि जम्मा सदस्यहरुको विद्युतीय तथ्याङ्क प्रणालीबाट पुरा विवरण सहितको अभिलेखीकरण गरिनेछ ।

२. संघका सदस्यहरुको डिजिटल परिचयपत्र ९प्रविधि मैत्री० लागु गरी इल्ीक्ष्ल्भ् नवीकरण समेत गर्ने व्यवस्था मिलाइ

३. उद्यमशीलता र स्वरोजगारका लागि तिनै तहका सरकारसँग समन्वय गरी तालिमहरु सञ्चालन गरिनेछ ।

४. परियोजना तयारी सहायता कक्षको व्यवस्थापन गरी व्यवसाय र उद्यमशीलता प्रवर्द्धन गरिनेछ ।

५. साना तथा स्वरोजगार हुने लघु व्यवसाय र उद्यमशीलताका लागि स्थानीय पालिकाहरुसँग सहकार्य गरी काम सञ्चालन गरिनेछ।

६.स्थानीय उत्पादनलाई जोड दिदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकास गरी ःबमभ ष्ल ल्भउब िको अवधारणालाई प्राथमिकता दिईने छ।

७.स्थानीय कृषकहरुले उत्पादन गरेका सामग्रीहरुको ब्राण्डिङ, प्याकेजिङ र प्रचारप्रसार कार्यक्रम मार्फत उत्पादनलाई बजारीकरणमा सहयोग गरिने छ ।

८.सिप र दक्षता भएका व्यक्ति र रोजगारदाताको अभिलेख तयार गरीसेवा प्रदान गर्ने गरी सिप तथा रोजगार बैंकको स्थापना गरिनेछ ।

९.नयाँ व्यवसायी र उद्यमीहरुको विकासका लागि आईडिया बैंकको स्थापना गरी परियोजना तयार गर्न सहयोग गरिनेछ।

१०.सरकारका निकायमा दर्ता भै कारोबार गरेका डिजिटल बजारलाई व्यवस्थित गरी संघमा आवद्धता गरिनेछ ।

११. गैरकानूनी रुपमा संचालनमा रहेका पोके तथा फुटपाथ व्यापारीलाई निरुत्साहित गरिनेछ । जसले गर्दा व्यवस्थित र सरकारलाई कर तिरेका व्यापारीहरुलाई राहत मिल्ने विश्वास गरिएको छ।

१२.संघले लामो समयदेखिसञ्चालन गर्दै आएको लेखनाथ महोत्सवलाई परिमार्जित र व्यवस्थित गरीस्थानीय व्यबसायीहरुलाई आफ्नो वस्तु तथा सेवा र उत्पादनको बजारीकरणका लागि प्रोत्साहन गरिनेछ ।

१३.स्थानीय सामग्रीको प्रयोग गरी उत्पादन गरिएका हस्तकलाका सामग्रीमार्फत लेखनाथ उद्योग वाणिज्य संघको पहिचानलाई जोड्‌ने गरी कोशेली घर व्यवस्थापन गरिनेछ ।

१४.पोखरा म।न।पा।(३३ र शुक्लागण्डकी न।पा।(०९ मा अवस्थित पूँडिटार प्रदेश औद्योगित क्षेत्रको निर्माणका लागि भौतिक पूर्वाधार तयार गरी सुरु गर्न तिनै तहका सरकारसँग समन्वय गरिनेछ ।

१५.व्यवसायमैत्री कर नीति र लगानीका संभावनाका बारेमा तिनै तहका सरकार र व्यवसायीहरुका विचमा विशेष कार्यक्रम संचालन गरिनेछ ।

१६.लेखनाथमा संभावनाको रुपमा रहेको पर्यटन व्यवसाय सञ्चालनकालागि लगानीकर्ता र स्थानीय श्रोत साधनको प्रयोगमा समन्वय गरिनेछ । साथै पर्यटनका संभावना भएका बेगनासताल लगायत सम्पूर्ण तालहरुविभिन्न ठाँउमा रहेका कोटहरु तथाबेगनासतालमा रहेको वराहा मन्दिर लगाएत सम्पूर्ण ठाँउका मठ(मन्दिरहरु पचभैयामा रहेको खुल्ला चिडिया खाना, गुफा, होमस्टेलाई डिजिटल मध्यमवाट प्रर्वदन तथा संवर्द्धन गरिने छ।

१७.संस्थामा आवद्ध भएका व्यवसायीलाई पर्ने समस्याका सामाधानका लागि न्यापिट रेस्पोन्स टिम तयार गरी परिचालन गरिनेछ।

१८.सदस्यहरुलाई लगानी संभावनाको नयाँ क्षेत्र पहिचानका लागि आन्तरिक तथा बाह्य भ्रमणका लागि सहजीकरण गरिनेछ।

१९.पृथ्वीराजमार्ग रस्थानीय मार्गमा भएको सडक विस्तारसँगै विस्थापित भएका व्यवसायीलाई नयाँ गन्तव्य पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गरी पूनर्स्थापनाका लागि समन्वय गरिनेछ।

२०.सात तालको बगैचा शहरका रुपमा चिनिएको लेखनाथका तालहरुलाई एएए मोडेलमा नयाँ लगानीकर्ता भित्र्याई ताल अनुसारको साहसिक पर्यटन प्रर्वद्धनका कार्यक्रम संचालन गर्न महानगर र वडापालिकासँग समन्वय गरिनेछ ।

२१. अर्थतन्त्र, उद्यमशीलता, बजारीकरण र पूँजी निर्माण एवम् लगानीको संभावना र परियोजनाका लागि क्जबचप त्बलप ल्भउब िसँग समन्वय र छलफल गरीनेछ ।

२२. सरकारले राष्ट्रिय स्टार्टअप उद्यम नीति २०७९ लागु गरेकाले नवप्रर्वतक उद्यमीलाई पूँजी व्यवस्थापन र वस्तुको बजारीकरणमा समन्वय गरिनेछ।

२३. सघद्वारा गठित सम्पूर्ण उपसमितिहरुलाई संघको उदेस्य प्राप्तिकालागि सक्रिय बनाईनेछ ।

 

यस riseofworld.com ले   लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशनमा महिला नेतृत्व चाहिनुको कारणहरू बुझ्न  आफ्नो  धारणा व्यक्त गरेको छ ।

१. आर्थिक क्षेत्रमा लैंगिक सन्तुलन

 

उद्योग–व्यापारमा महिलाको सहभागिता अझै न्यून छ। नेतृत्वमा महिलाको उपस्थिति बढ्दा निर्णय प्रक्रियामा महिला दृष्टिकोण र आवश्यकता समावेश हुन्छ।

 

२. समान अवसर र अधिकारको सुनिश्चितता

 

संविधान र कानुनले महिलालाई समान अवसर दिन्छन्। संघको नेतृत्वमा महिला आउँदा त्यसलाई व्यवहारमा उतार्ने उदाहरण बन्छ।

 

 

३. नयाँ दृष्टिकोण र नयाँ विचार

 

महिलाहरूले प्रायः व्यवसाय र समुदायबीचको सम्बन्धलाई संवेदनशील ढंगले हेर्छन्, जसले नयाँ कार्यक्रम र ग्राहकमैत्री नीति ल्याउन मद्दत गर्छ।

 

 

४. प्रेरणा र रोल मोडेल

 

स्थानीय व्यवसायमा संलग्न अन्य महिलाहरूलाई पनि नेतृत्व लिन प्रेरणा दिन्छ, जसले महिला उद्यमीहरूको संख्या बढाउँछ।

 

 

५. सामाजिक–आर्थिक विकासमा योगदान

 

महिलाले नेतृत्व गर्दा परिवार, शिक्षा, स्वास्थ्य, सीप विकासजस्ता क्षेत्रमा बढी प्राथमिकता दिन्छन्, जसले व्यवसायसँगै समुदायको समग्र विकासमा योगदान पुर्‍याउँछ।

 

 

६. अन्तर्राष्ट्रिय छवि र सहयोग

 

महिला नेतृत्व भएको संस्था दिगो विकास लक्ष्य (SDG) र लैंगिक समानता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग मेल खान्छ, जसले सहयोगी संस्थाबाट अवसर र समर्थन पाउन सजिलो बनाउँछ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0