पोखरा श्रावण २९ गते

नेपाली कांग्रेस महिला नेतृत्वको ‘अवस्था अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्यतामा आज पोखरामा सम्पन्न  भएको छ। नेपाली काङ्ग्रेस कि नेतृ शशी थापाले नेपाली कांग्रेस महिलाहरुले सडक गएर होस  संसद मा गएर होस यात्र तत्र गएर पार्टीको दिशा निर्देशलाई मानेर आवाज बुलन्द गरिरहेका छौं । तर पनि नेपाली कांग्रेस महिला समूह लाई सम्मान जनक पहुँच नपुगेको कार्यक्रम मा बताउनु भएको थियोे । शशी थापाले आजको कार्यक्रम को औचित्य बारे बोल्दै , यो कार्यक्रम ले नेपाली कांग्रेस महिलाहरु को क्षमता अभिबृदी बढाउन मद्दत गर्दछ,संगठन लाई कसरी परिवर्तन गर्दै लैजान सकिन्छ र संगठन लाई कसरी सबल बनाउन सकिन्छ भन्ने उद्देश्य अनुरुप कार्यक्रम गरिएको बताउनु भएको थियो ।
यो कार्यक्रम खाली लैङ्गकि समानता को बारेमा मात्र नभई नेपाली कांग्रेस महिलाहरुको भुमिका लाई बलियो र अर्थपूर्ण होस भन्ने मा गरिएको बताउनु भएको थियो  । यो कार्यक्रम ले नेपाली कांग्रेस महिलाहरु को पुर्ण रुपमा समावेसि बनाउने र नीति निर्माण कार्यमा केन्द्रीय तह सम्म पुर्याउने लक्ष्य राखेको बताउनु भएको छ। अन्तमा उहाँले आजको कार्यक्रम ले विचार मात्र होइन उक्त कार्यहरु लागू गर्न सकोस भन्ने चाहाना व्यक्त गर्नु भएको थियो । नेपाली कांग्रेस कि  केन्द्रिय सदस्य पुस्पा भुषाल ले नेपाली कांग्रेस लामो विचार र विमर्श बोकेर यहाँ सम्म आउन सफल भएको छ । महिला संघ मा आवद्ध महिलाहरु विभागको महत्त्वपूर्ण क्षेत्रमा योगदान पनि गरिरहेका छ्न । यो कार्यक्रम केन्द्रिय महिला विभागको लागि अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण रहेको जिकिर गर्नु भएको थियो । उहाँ ले गण्डकी प्रदेश का आम नेपाली कांग्रेस महिला समूहरुको हरेक अभिव्यक्ति हाम्रो विभाग (महिला संघ )  को हरेक पाना मा राखिने बताउनु भएको थियो । केन्द्रिय सदस्य पुस्पा भुषाल ले २१ औं शताब्दी को नेपाली काङ्ग्रेस बनाउन खोजिरहेको छौं , हामीले प्राप्त गरेको संघीय लोकतन्त्र माथी प्राहार गर्न खोज्नेहरुलाइ दवाब दिन नेपाली कांग्रेस महिलाहरु लाई  जिम्मेवार थपिएको बताउनु भएको थियो ।
भुषाल ले विपि कोइराला  को स्मरण गर्दै  वि .स. २०१५ सालको संसदिय प्रणाली अहिले चलिरहेको भए आम नेपाली जनताको मुहार मा मुस्कान थपिने बताउनु भएको थियो । उहाँले वहुबिबाहको कुरालाइ संसद ले कुनै विषय बस्तु नबनाएको आरोप लगाउनु भएको थियो ।नेपाली कांग्रेस महिला नेतृत्वको ‘अवस्था अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले नेपाली कांग्रेस महिलाहरुले प्रदेश र केन्द्र बाट उक्त विषयबस्तु लाई सडक र सदन बाट सुझाव सल्लाह दिनुपर्ने आवश्यक रहेको बताउनु भएको थियो ।अहोरात्र खटिएर बस्नु भएका नेपाली कांग्रेस महिला दिदिबहिनीहरु को वलिदान लाई महिलाको विभाग ले अभिलेखिकरण गर्नुपर्ने बताउदै केन्द्रिय विभाग देखि सम्पूर्ण  नेपाली कांग्रेस महिलाहरुको काँधमा हाम्रो अभियान जोडिएको र भार पनि थपिएको बताउनु भएको थियो। अन्तमा उहाँले जबसम्म काङ्ग्रेस को नेतृत्व गर्न सक्दैन तब सम्म देश विकास हुन सक्दैन भनी बताउनु भएको थियो ।
गण्डकी प्रदेशमा महिलाहरुको अवसर, अबस्था, चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम २०८२ मा  केन्द्रीय सदस्य, महिला बिभाग, नेपाली कांग्रेस कि कमला लामिछाने ले नेपालमा बिभिन्न समयमा भएका राजनितिक परिवर्तनका कारण महिला सशक्तिकरण र महिला हक अधिकारको सचेतनामा उल्लेख्य विकास हुदै आएको बताउनु भएको थियोे ।  नेपालको संविधान र ऐन कानुनहरुले लैंगिक समतामुलक र न्यायपुर्ण समाज निर्माण गर्न बिभिन्न नितिगत व्यबस्था गर्नुको साथै यसका लागी सरकारबाट सो सम्बन्धि कार्यक्रमहरु संचालन हुदै आएको र  जसको कारणले गर्दा नेपालमा लैंगिक समानताका सुचकहरुमा पनि पर्याप्त सुधार आएको बताउनु भएको थियोे । महिला सहभागिता हाल भएको तिनै तहको राजनीति संरचना, संसदमा, निजामती सेवामा एबम राज्यका हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व लाई संबैधानिक र कानुनीरुपमा सुनिस्चित गरिएको , सरकारमा सहभागिता बढ्दो क्रम भैरहेको , विभिन्न पेशा, व्यवसायमा संग्लग्न हुँदै आर्थिकरुपमा पनि महिलाहरु सबल हुँदै गैराखेको बताउनु भएको थियो । नेपालको संबिधानको धारा १८ मा समानताको हक लाई मौलिकहक का रुपमा स्थापित गर्नुका साथै लैंगिक विभेदलाई निरुत्साहित गरेको छ. यसको साथै श्रमको हक, रोजगारीको हक, महिलाको हक, बालबालिकाको हक, शिक्षाको हक आदिमा महिलालाई प्राथमिकतामा राखेको , महिलाहरु शिक्षित र सचेत पनि हुँदै गैरहेका , सामाजिक सोच र ब्यबहारमा सकारात्मक परिबर्तन भइरहेको , संबैधानिक रुपमा महिला आयोगको बिसेष व्यवस्था  गरिएको र  जसले गर्दा महिला सशक्तिकरण क्रमिक रुपमा बढ्दै गएको बताउनु भएको थियो ।
  यो सबै सकारात्मक नीतिको कारणले राज्यको मुल प्रबाहामा महिलाको सहभागितामा बढ्दै गईरहेको  बताउनु  भएको छ। प्रदेश तहमा महिलाहरुको अबस्था बारे बताउदै गण्डकी प्रदेशमा  ५२.५% महिला, सबैभन्दा बढी सुदुरपश्चिममा ५२.८% महिला (जनगणना २०७८) ले देखाएको बताउनु भएको थियो । कमला लामिछाने ले सुरक्षित मातृत्व, बालबिबाहलाई आधार मानी हेर्दा मधेश प्रदेशमा प्रजनन दर १.४% छ भने गण्डकी प्रदेशमा मातृत्व अनुपात प्रतिलाखमा १६१ जना र बाग्मतीमा सबैभन्दा कम रहेको   (श्रोतः नेपाल जनसंखिक सर्वेक्षण २०७९) ले जनाएको बताउनु भएको थियो ।
शिक्षा क्षेत्रमा  गण्डकी प्रदेशमा महिला साक्षरता दर ७५% छ ,बाग्मती प्रदेशमा महिला साक्षरता दर सबै भन्दा बढी ७६ प्रतिशत रहेको छ भने शैक्षिक भर्ना दरलाई हेर्दा गण्डकी प्रदेश अन्य प्रदेशको तुलनामा अगाडी रहेको कार्यक्रम मा केन्द्रीय सदस्य, महिला बिभाग, नेपाली कांग्रेस कि कमला लामिछाने ले बताउनु भएको थियो ।
हालसम्म पार्टी संरचनामा महिला केन्द्रीय पदाधिकारी संख्या शुन्य, हालसम्म पार्टी संरचनामा महिला केन्द्रीय सदस्य संख्या ४ जना ,हालसम्म पार्टी संरचनामा महिला प्रदेशस्तरिया पदाधिकारी संख्या २ जना  हालसम्म पार्टी संरचनामा स्थानिया तहमा पदाधिकारी संख्या: जिल्ला सभापति शुन्य जिल्ला उपसभापति शुन्य, संघिय क्षेत्रीय सभापति शुन्य, प्रदेश क्षेत्रीय सभापति शुन्य पालिका सभापति शुन्य वडा सभापति २ जना , २०७४ सालमा भएको निर्बाचनमा ११ जिल्लामा प्रतिनिधित्व गरेका महिला संख्या महानगर मा १ जना जिल्ला समन्वय समिती प्रमुख शुन्य, उप-प्रमुख शुन्य, नगरपालिका मेयर .२६ जना . उपमेयर .शुन्य  गाउँपालिका  अध्यक्ष २ जना,उपाअध्याक्ष  शून्य वार्ड अध्याक्ष  गाउँपालिका मा ५८ जना , वडा अध्यक्ष ७५९ जना रहेका छन भने२०७९ सालमा भएको निर्बाचनमा ११ जिल्लामा प्रतिनिधित्व गरेका महिला संख्या: मेयर शुन्य  उपमेयर ९ जना  गाउँपालिका अध्याक्ष २ जना  उपाअध्याक्ष १५  जना वार्ड अध्याक्ष (२ Gorkha+?) र  जिल्ला समन्वय समिती सदस्य तर्फ शुन्य रहेको केन्द्रीय सदस्य, महिला बिभाग, नेपाली कांग्रेस कि कमला लामिछाने ले  बताउनु भएको थियो ।
उहाँले लैंगिक समानता र महिला सशक्तिकरणमा चुनौतिहरु अन्तर्गत संबिधान र कानुनमा लैंगिक समानताको हकलाई मौलिकहक व्यवस्था गर्नु मात्रले आँफैमा परिबर्तन हुन् सक्दो रहेनछ किनकि नीति कार्यान्वयनको क्रममा कार्यान्बयन गर्नुपर्ने निकायहरुमा नीति सम्बन्धि बुझाई फरक फरक छ, जसले गर्दा नीति अनुरुप काम नभएको  बताउनु भएको थियो । महिला हक अधिकारको लागी भएको नियम कानुनहरु पनि यो लैंग्गिक संख्याको आधारमा धेरै कम छ तसर्थ अझै थप धेरै नियम कानुन हरुको बनाउनु पर्नेछ तर तेस्मा सम्बन्धित क्षेत्रको ध्यान नपुगेको महसुस भइरहेको उहाँले बताउनु भएको थियो  ।नीतिगत कुराहरु अपेछित बर्गमा पुगेको देखिएको छैन, हालका महिला सहजीकरण को लागि बनेका कानुनहरु सतही र मुठीभर बर्गमा सिमित भएको आवाज आइरहेको ले  लैंगिक समानता र महिला सशक्तीकरणमा थप क्रियाशील हुन् अति आव्यश्यक रहेको बताउनु भएको थियो भौगोलिक विकटता र बिकाशको अभाब राज्यको कम्जोर अर्थतन्त्र र बेरोजगारी समस्या ,स्थाई सरकार र सुशासनको अभाब प्रयाप्त बजेटको अभाब महिलाको घरेलु कार्यको सहि मुल्यांकन नहुनु का कारण लैंगिक समानता र महिला सशक्तिकरणलाई प्रबर्धन गर्न नेपालमा केहि समस्या एबं चुनैतिहरु रहेको बताउनु भएको थियो ।कमला लामिछाने ले परम्परागत अभ्यासहरु अन्तर्गत  बालबिबाह, छाउपढी, धार्मिक नाममा हेर्ने बिभिन्न हिंसा, १८ बर्ष अघि बालबिबाह गण्डकी प्रदेशमा ३५.७%, मधेश प्रदेशमा ४६%, कर्णाली प्रदेशमा ४४.३% रहेको बताउनु भएको छ।
नेपाल प्रहरी अभिलेख २०७८/७९ को रिपोर्टले देखाए  अनुसार घरेलुहिंसा घटना गण्डकी प्रदेशमा १.१% र पति र साथीबाट हुने हिंसा १९.१% रहेको बताउनु भएको थियो । उहाँले  श्रमबजार प्रतिशत सबैभन्दा बढी रहेको छ । नेपालमा श्रम शक्तिको सहभागितामा महिला ३६% र पुरुष ५४% सहभागिता देखिन्छ ।जसमा प्रदेशिक तहमा हेर्दा गण्डकीमा २७ प्रतिशत महिला रहेको तथ्यांक छ ।बाग्मती प्रदेशमा ३५ प्रतिशत रहेको छ । ( श्रोतः प्रदेशगत श्रमशक्तिमा सहभागिता ( २०७४/०७५) ले देखाएको बताउनु भएको थियो । २०७२ को संबिधान देखि आज सम्म गण्डकी प्रदेशमा नेपाली कांग्रेसको महिला जन- प्रतिनिधि र पार्टी संरचनामा  महिला नेतृत्व ११ जिल्ला मा  रहेको  डाटा संकलन को आधार मा बताउनु भएको थियो । उहाँले २०७४  को  राष्ट्रियसभामा प्रतक्ष्य मा उठेका महिला उम्मेदार संख्या १ जना  र जितेका संख्या शुन्य र २०७९  को राष्ट्रियसभामा प्रतक्ष्य मा उठेका महिला उम्मेदार संख्या १ जना  र जितेका संख्या ८ सिट रहेको बताउनु भएको थियो ।
२०७४ को संघिय संसदमा प्रतक्ष्य मा उठेका महिला उम्मेदार संख्या  शून्य  र जितेका संख्या १८ रहेको , २०७९ को संघिय संसदमा प्रतक्ष्य मा उठेका महिला उम्मेदारले  जितेका संख्या १८  २०७४ प्रदेश संसदमा प्रतक्ष्य मा उठेका महिला उम्मेदार संख्या १ जना  र जितेका संख्या ३६ जना ,२०७९ प्रदेश संसदमा प्रतक्ष्य मा उठेका महिला उम्मेदार ले  जितेका संख्या ३६ जना, २०७४ मा भएका समानुपातिक संघिय संसदमा महिला संख्या १ जना , २०७९ मा भएका समानुपातिक संघिय संसदमा महिला संख्या १ जना  , संघीय प्रतिनिधि सभा मा २४ जना , २०७४ मा भएका समानुपातिक प्रदेश सभामा महिला संख्या ५ जना २०७९ मा भएका समानुपातिक प्रदेश सभामा महिला संख्या ९ जना , समानुपातिक तर्फ २४ जना , २०७४ मा भएका महिला संघिय मन्त्री संख्या शुन्य,  २०७९ मा भएका महिला संघिय मन्त्री संख्या शून्य जना २०७४ मा भएका महिला प्रदेश मन्त्री संख्या शून्य जना  २०७९ मा भएका महिला प्रदेश मन्त्री संख्या १ जना र प्रमुख सचेतक मन्त्री भएपछि संचेतक ओम‌कला गौतम्‌लाई प्रमुख सचेतक दिइएको हो।
वि. स. २०७४  मा गण्डकि  प्रदेशमा नेपाली कांग्रेस महिला मन्त्री नदिएको  कमला लामिछाने ले कार्यक्रम मा बताउनु भएको थियो । केन्द्रीय सदस्य, महिला बिभाग, नेपाली कांग्रेस कि कमला लामिछाने ले कानुनी तथा बित्तीय सुशासनलाई प्रबर्धन गर्नेगरी कार्यान्वयन निकायमा योग्य कानुनी र संस्थागत व्यवस्था गर्नु पहिलो महत्वपूर्ण हो जसले गर्दा राज्यका हरेक तहमा महिलाका पहुंच र सहभागितामा बृद्धि गर्ने नीति तथा कार्यक्रमहरु ल्याउने छ । महिलाका पहुंच र सहभागितामा बृद्धि गर्न हामी सम्पूर्ण सरोकारवालाहरुले दुवै महिला तथा पुरुषहरुको जन-चेतना बढाउने यो संग संगै आर्थिक गतिविधिहरुलाई बढाउने कार्य नीतिहरु ल्याउनुपर्छ। अन्तमा -नेपालमा सुशासन कायम गर्न र आर्थिक समृद्धि को  लागि महिला सशक्तिकरणमा जोड दिनु राज्यको हरेक यन्त्र, नागरिक समाज तथा आम नागरिकको भूमिका रहने भएकोले सबै सरोकारवालाहरुले आ-आफ्नो ठाउंबाट आफ्नो भूमिका सकारात्मक खेल्नु पर्ने मा जोड दिनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0