
पोखरा ,माघ २५ गते
आज देखि देशै भर पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप कार्यक्रम शुरु
माघको २५ गतेदेखि फागुनको १५ गतेसम्म पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप शुरु भएको छ।
कक्षा ६ का सबै छात्राहरु, विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरु , गत वर्षको एच.पि.भी. खोप अभियानमा छुट भएका किशोरीहरु र ११–१४ वर्ष उमेर समुहका विद्यालय बाहिरका किशोरीहरुलाई खोप लगाउन शुरु गरिएको छ। स्थानीय तह अनुसार मिति र समय फरक–फरक हुन सक्ने छन। पूर्ण रुपमा जानकारी पाउन आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझ्न सकिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

